कोरियामा नयाँ शक्ति निर्माण अभियानबारे भेटघाट र छलफल हुँदै

जीबी लामा ,सोल
०५ डिसेम्बर,२०१५
पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशव्यापी रुपमा संचालन गरेको नयाँ  शक्ति निर्माण अभियानको बारेमा द. कोरियामा पनि भेटघाट तथा छलफल कार्यक्रम हुने भएको छ ।
 यहि डिसेम्बर ६ तारिक आईतबारको दिन दोंगदेमुन ३ नम्बर गेट नजिकै रहको डीआर इन्टरनेशनलको हलमा उक्त भेटघाट तथा छलफल कार्यक्रम हुने लागेको हो ।
 दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण  नयाँ शक्ति  निर्माण अभियानमा कटिबद्ध  भएर लागेका र लाग्न चाहनुहुने साथीहरुबीच आन्तरिक छलफल तथा  भेटघाट हुन लागेको हो ।  साथै सोहि दिन  क्षेत्र र केन्द्र को जिम्मेवारी पनि बाँडफाड हुने भएकोले आउँदो आइतबार सम्पूर्ण महानुभाबहरु लाई  बिहान  ९ बजे भित्र उपस्थित हुनको लागी आग्रह गरेको छ ।
 प्रबासमा रहेर पनि हाम्रो एउटा मात्र उदेश्य भनेको हामी सबै नेपाली हौ , हाम्रो नेपाल सुन्दर शान्त नेपाल ,सम्बृद नेपाल ,नयाँ नेपाल देख्न चाहनु हो  यसको लागि नयाँ नेतृत्व र नयाँ  विचार को आबस्यकता पर्दछ ।  डा.बाबुराम भट्टराईको  नेतृत्वमा  जसरि नयाँ शक्ति निर्माण अभियान तिब्र गतिमा अगाडी बढेको छ, त्यसलाई साथ दिने उदेश्यले द. कोरियामा पनि बिगत ३ महिना देखि आन्तरिक रुपमा यो अभियान लाइ साथ दिदै आईरहेको अभियानकर्ता बलराम पुनले नमस्ते नेपाल कोरिया लाई बताए ।
 यस अभियानलाई  औपचारिक रुपले अगाडी बढाउनको लागि सबै तह तप्काका साथी हरु ,बिशेस गरि समाजसेवी ,बुद्दिजिबी,बिधार्थी,मजदुर,ब्यबसायी र नयाँ परिबर्तन चाहने सबै राजनीतिक आस्था राख्ने साथीहरुलाई यो अभियानमा साथ दिन हार्दिक अपिल गरेका छन् ।

सम्पर्क 
०१०५९५०२६२६
०१०२७४८५५९५
 ०१०३१८४३७९०

0 comments

Write Down Your Responses

-->