परदेशीको तिहारमा यथार्थ भोगाई

नारायण भण्डारी 

आज म घर भएको भय यो भात तरकारी पकाउने झन्झट केहि हुन्थेन आमा दिदि बहिनिहरुले पकायको खाइदिय पुग्थ्यो ।नमिठो भए मिठो छैन भनेर चिच्याईदिए पुग्थ्यो। दिनभरी डुलेर साझ घर आई उनिहरूले पकायको खाइदिय पुग्थ्यो।नमिठो भएका ति खानाहरु त लात्तिले हानेर फाल्देको रेकर्ड कति छ कति ममा।लुगा धुन त मलाई धेरै पछि आयो होला जहिले दिदिहरूले धोइदिनु हुन्थ्यो । यत्तिकैमा झल्यास्स ब्यूझे घडि हेरेको रातिको दश बजिसकेछ ।भोलि बिहान सात बजेको ड्यूटी सम्झे ।भात त पाकिसकेछ अब तरकारी के पकाउने? आज हप्ताको अन्तिम दिन शुक्रवार,विदेशमा काम धेरै, समय कम
भएकोले हामिले एक हप्ताको सपिङ शनिबार बेलुकि गर्थ्यौ ।यो पालिको सपिङ अलि कम भएछ क्यारे शुक्रवार नै सिद्दिएछ।फ्रिजमा केहि पकाउने चिज नदेखे पछि उदास हुदै दराजको माथि पट्टि हेरे बक्समा चारओटा आलु रहेछ।त्यो झ्यापझुप पखाले हल्का ताछे अनि काटेपनि ।उता कराइ बसालेर भुटुन हालि यता प्याज काटे । यता पेटमा मुसा दौडिदै थिए आत्तिदै प्याज फुराए आलु हालेर भुट्न थाले अलि पाके जस्तो भएपछि पानि हालेर कराई सबै भरे ।

तरकारीमा नुन ठोके तेतिकैमा भुलुक्क उम्लेछ तरकारी नि ,अब तरकारीको नि टन्टा साफ भयो। हामि पाँच जना साथिहरुले सङ्गै मिलेर खाने हुनाले सबै साथिहरुलाई खाना खान बोलाउने आजको जिम्मा मेरो भएको नाताले सबैलाई बोलाए अनि सबै सङ्गै खाना खान सुरु गर्यौ ।खाना मुछिवरि के एक गास खान लाएको थिए,तरकारी नमिठो अनि नुन पनि चर्को रहेछ।थकित शरीर अनि भोको पेटले नमिठै भएपनि एक थाल भात नरोकिइकन खाइ सकेर भाँडो माजि बेडरुममा पस्दा रातिको एघार बजिसकेको थियो । फेसबुकको किरो म फेसबुक त खोल्नै पर्यो बेट्री नटिक्ने सधै चार्जमा झोस्न पर्ने सामसुंगको मोबाइल चार्जबाट छुटाएर फेसबुक लग इन गरे।फेसबुक तल माथि हेर्दै गए, जहा आज सप्तरंगी टिका मखमलि सयपत्रि फुलका मालाहरु लगाएका तस्विर बाहेक अरु केहि नि छैन फेसबुकमा ।म्यासेन्जरमा दुईवटा म्यासेज नि आका रहेछन् ।म्यासेन्जर खोलि हेरे मेरो दुइवटी दिदिका म्यासेज रैछन् ति म्यासेजमा यस्तो लेखेको थियो-भाइविनाको तिहार त कस्तो कस्तो हुने रहेछ मलाई त नरमाइलो लाग्यो बाबु यसपालि त यस्तै भयो आउने साल बाटो कुरी बस्छु आदि ईत्यादी।मलाई नि कस्तो नरमाइलो लाग्यो ।आज तिहार रहेछ अर्काको देशमा थकान शरीर रातिको समय भोलि बिहानै झिसमिसमा काम गर्नुपर्ने अवस्था ।
विगतका तिहारमा म सङ्ग सङ्गै हासिखेलि बिताएका ति मेरा सबै साथिहरुलाई सम्झन पुगेछु।म अझै भावुक हुदै गए।मनले मानेन घरमा एक कल फोन नगरी रहन सकिन ।घरमा फोन लगाए आमाले फोन उठाउनुभयो सन्चो बिसन्चो सोधे अरु कुराहरु नि भय अनि मेरा दिदिहरु पनि आमा सङ्गै हुनुहुदो रहेछ उहाँहरू सङ्ग नि कुरा भयो हामि सबै एकआपसमा भावुक भयौँ।अन्तिममा फोन राख्ने बेलामा आमाले खाना खायौँ बाबु भन्नुभयो, मैले खाय आमा भनिसकेपछि आमाले फेरी भन्नुभयो,आज तिहार हो बाबु मिठो मिठो खानेकुरा अनि मासु नि बनाएर खाएको भय हुन्थ्यो नि, अनि मैले मन अमिलो बनाएर मिठो मिठो खाए आमा भन्न बाध्य भए अनि फोन राखे।

लेखक :- नारायण अधिकारी

हाल दक्षिण कोरिया

0 comments

Write Down Your Responses

-->