ईन्डियाले गरेको नाकावन्दी विरुद्ध नोभेम्बर २३ मा कोरियामा संयुक्त ज्ञापन पत्र बुझाईने


  • ईन्डियाले गरेको नाकावन्दी विरुद्ध नोभेम्बर २३ मा कोरियामा संयुक्त ज्ञापन पत्र बुझाईने

    सोल , नोभेम्बर १७ ।
    • कोरियामा रहेका विभिन्न संघ संस्था तथा नेपाली समुदायले ईन्डियाले गरेको नाकावन्दी विरुद्धमा ज्ञापन पत्र वुझाईने भएको छ । नेपालमा आपतकालिन सहयोगको लागि कोरियाबाट सहयोग गर्न गठन गरिएको सपोर्ट नेपाल फाईन्डेशनको व्यवस्थापनमा कोरियाका विभिन्न संघ संस्थाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउने तयारी गरिएको हो । कानुनी रुपमा यसको कागजपत्र तयारी गर्ने काम भईरहेको भन्दै कोरियामा रहेका संघ संस्थालाई यस अभियानमा ऐक्यवद्धता जनाउन सपोर्ट नेपाल फाउन्डेशनका कार्यलय प्रमुख यज्ञराज सुवेदीले अनुरोध गर्नुभएको छ । सपोर्ट नेपाल फाउन्डेशन सहितको प्रवासी एकता समुह मा आवद्ध विभिन्न संघ संस्था र कोरियाका विभिन्न क्षेत्रमा सक्रिय नेपाली संघ संस्थाको यसमा सहभागिता रहने भएको छ । यसैगरी अन्य विभिन्न संघ संस्थाहरुले पनि यस अभियानमा सहकार्य गर्न सकिने बताएको छ । यस अभियानका लागि सोमबार १ बजेदेखि ४ बजेसम्म समय समेत लिईसकेको छ । विज्ञप्ती नेपाल सरकारबाटै मगाउने गरी तयारी गरिएको छ भने अन्य तयारी समेत पुरा भएको छ । यसको व्यवस्थापकीय जिम्मेवारी कोरियामा ३० वटा भन्दा बढि संघ संस्थाको सहभागिता रहेको प्रवासमा नेपाली एकता समुहले गर्ने भएको छ । यस कार्यक्रमको लागि आइतबार १ बजेदेखि ४ बजेसम्म हस्ताक्षर , प्लेकार्ड लगायतका तयारीका लागि उपस्थित हुन समेत कोरियाका विभिन्न संघ संस्था तथा नेपाली समुदायमा हार्दिक अनुरोध गरिएको छ । यस अभियानका लागि ऐक्यवद्धता जनाउने संघ संस्थाले प्रवासमा नेपाली एकता समाजका संयोजक एल वि श्रेष्ठ,योंग स्टार फाउन्डेशनका संस्थापक अध्यक्ष यम श्रेष्ठ,सपोर्ट नेपाल फाउन्डेशनका कार्यलय प्रमुख यज्ञराज सुवेदी मार्फत आफ्नो नाम टिपाउन सकिने जनाईएको छ ।

    यसैविच कोरियामा रहेका विभिन्न संघ संस्थाले यो अभियानमा सहयोग गर्न संयुक्त अपिल गर्दै सबै संघ संस्थालाई सहभागी हुन अनुरोध गरेका छन । संयुक्त अपिल नेपालमा भएको नाकावन्दी विरुद्ध ईन्डियन एम्बेसीमा बुझाउन लागेको ज्ञापन पत्र मा ऐक्यवद्धता जनाउन अनुरोध नेपालमा लामो समय देखि ईन्डियाले लगाएको अघोषित नाकावन्दीको कारण जनजीवन अस्तव्यस्त बनेको छ । भुपरिवेष्टित राष्ट्रले पाउनु पर्ने पारवहन सुविधालाई समेत वेवास्ता गर्दै भारतले नेपालमाथि गरेको यो नाकावन्दीको विरुद्ध देश तथा अन्तराष्ट्रिय रुपमा विरोध भईरहेको छ । भुकम्पले थिलो थिलो भएको मुलुकमा नाकावन्दीको कारण नेपालीहरुले सास्ती भोग्नुपरिरहेको छ । नेपालमा देखिएको यस्तो खालको समस्याको समाधानको लागि यसको विरोध प्रवासमा रहेका नेपालीहरुले समेत गरिरहेका छन । दक्षिण कोरियामा रहेका नेपालीहरुले संयुक्तरुपमा नाकावन्दीको विरोध गर्ने तयारी गरेका छौं । ईन्डियाले गरेको नाकावन्दीको विरोधमा ईन्डियन एम्बेसीमा ज्ञापनपत्र र मानव संकटको अहिलेको अवस्था र भुपरिवेष्ठित मुलुक नेपालको अधिकार हनन भएको विषयलाई अन्तराष्ट्रिय करण गरि नेपालको पक्षमा सहयोग गर्न कोरियन एम्बेसीमा ज्ञापन पत्र बुझाउने तयारी गरेका छौं ।
    यस महत्वपूण अभियान २०१५ नोभेम्बर २३ तारिख सोमबार गरिने हुदा कोरियामा रहेका विभिन्न नेपाली समुदायहरुलाई उपस्थितीको लागि अनुरोध गर्दछौं । साथै कोरियामा रहेका विभिन्न संघ संस्थाहरुलाई यस अभियानमा ऐक्यवद्धता जनाउन पनि हार्दिक अपिल गर्दछौं ।
    सहभागी संघ संस्थाहरु
    १.सपोर्ट नेपाल फाउन्डेशन
    २नेपाल योंग स्टार फाउन्डेशन
    ३सुदुर पश्चिम समाज ४प्रवासी नेपाली मञ्च दक्षिण कोरिया
    ५सिन्धु समाज , कोरिया
    ६परदेशी लाईफ डट कम
    ७मिरयाङ नेपाली समाज
    ८उङसाङ नेपाली समाज
    ९काभ्रे सम्पर्क समिति दक्षिण कोरिया
    १०म्याग्दी सम्पर्क समिति
    ११नेपाल अन्नपुर्ण सेवा समाज थेगु
    १२ईपिएस युथ नेपाल
    १३नुवाकोट समाज दक्षिण कोरिया
    १४.मकवानपुर कोरिया मञ्च
    १५दाङ सम्पर्क समिति
    १६धादिंङ समाज कोरिया
    १७फेन्थेक नेपाली माईग्रेन्ट समिति
    १८ डायनामिक मोरंग कमिटी
    १९अर्घाखाची कोरिया सम्पर्क मञ्च
    २०ठकुरी समाज
    २१धनकुटा सेवा समाज
    २२ किम्हे माईग्रेन्ट हाउस

0 comments

Write Down Your Responses

-->