पैसा फल्ने तारे भीर छ कोरियामा

लेखक :- अमृत प्र. बास्तोला 'अनन्त यात्रा "



  • पैसा फल्ने डरलाग्दो तारे भिर छ कोरियामा
    नबुझ्नेले भनी दिन्छ मिठो खिर छ कोरियामा
    लाख तलब मान सम्मान उच्च सिर छ कोरियामा !

    गल्ती केहि हुनु हुन्न सेक्या सिफ्फाल गाली बर्षा
    पलपल घोच्ने बचन को तिखो तिर छ कोरियामा !!
    लड्दा भिड्दा मेशिन सग बग्छ रगत पसिना !
    कस्तो काम यहा रगत सग पैसा साट्ने
    दिनदिनै परदेशी को लाश गिर्छ कोरियामा !!
    पैसा फल्ने डरलाग्दो तारे भिर छ कोरियामा
    नत दशै नत तिहार नत कुनै पर्ब अनि
    चाड्बाडमा घर को याद्ले मुटु चिर्छ कोरियामा !
    छैन केहि गरि खाने देश आफ्नो अस्त ब्यस्त
    डर बोकि मन भरी दुखी फेरि छिर्छ कोरियामा !!

0 comments

Write Down Your Responses

-->