धादिङ्ग समाज कोरिया द्वारा" मृगौला पिडित शाहीलाई सहयोग हस्तान्तरण

सन्तोष अधिकारी,सउल

दुवै मृगौलामा खराबी भई बिगत ७ महिना देखि निदान अस्पताल ललितपुरमा उपचार गर्दै आउनुभएका आगिन्चोक-५, देलिस्वारा, धादिङ्गका २८ बर्षीय कृष्ण बहादुर शाहीको थप उपचारमा सहयोग पुर्याउने उदेश्य अनुरुप धादिङ्ग समाज कोरियाले सन्तोष अधिकारीको नेत्त्रित्वमा कोरियामा सङ्कलन गरेको रु. १११,७००/- (एक लाख एघार हजार सात सय) आज रिपोर्टस क्लबमा सामाजका संस्थापक अध्यक्ष, उपाध्यक्ष र सदस्यहरु क्रमशः शुदर्सन खतिवडा, केशव श्रेष्ठ र बिनोद अधिकारीले संयुक्त रुपमा पत्रकारहरुको बीच हस्तारण गर्नुभएको छ ।


पहिले भारतमा सामान्य नकुरी गर्दै आएका शाही भबिष्यको सुनौलो सपना बुनेर केहि समय अघि दुवै (UAE) गएका थिए । गत बैशाखको महाभूकम्पले उनको घर-परिवारलाई पनि ठुलो असर पारेकै छ । उनि सोहि भूकम्प पश्चात घर-व्यवहार सम्हाल्न भनि घर फर्केका थिए । सामान्य अवस्थामा फर्के पनि फर्केको केहि समय पछि उनि बिरामी परे र जचाउँदा दुवै मृगौलाले काम नगर्ने अवस्थामा पुगिसकेको थाहा पाईएको उनि बताऊछन् । एकातिर भूकम्पले दिएको चोटको पिडा त छँदै थियो, त्यसमाथि परिवारको आर्थिक श्रोतको आधार आफ्नो दुवै मृगौलाले काम नगर्ने भएपछी झनै उनि माथि ब्रजपात आइपरेको छ । त्यति मात्रै नभई उनको आफ्नो जिबनको आधार बुबा जन्मजात अपाङ्ग हुन् भने आमाको मृत्यु भैसकेको छ
।शाहीको दुवै मृगौला फेर्नुपर्ने भएको हुँदा देश-बिदेशमा रहेका विभिन्न संघ-संस्था तथा समाज सेवी ब्यक्तित्व हरुको सानो-सानो सहयोग पाए उनले नयाँ जिबन पाउने थिए भन्दै पिडित र आफन्तहरुले गरेको आग्रह लाई स्वीकार्दै “धादिङ्ग समाज कोरिया” ले पनि उनको उपचारमा सकेको सहयोग हस्तान्तरण गरेको हो । त्यस्तै पिडित शाहीलाई सहयोग गर्न चाहनुहुने जो कोहिले पनि लक्ष्मी बैंक पुल्चोक ललितपुर मा रहेको खाता नं. 00724283705 (कृष्ण बहादुर शाही ) मा सहयोग जम्मा गरि +9779818769110 मा सम्पर्क गर्न सकिनेछ ।
सन् २०११ मा स्थापना भएको "धादिङ्ग समाज कोरिया" ले आफ्नो स्थापना काल देखि नै विभिन्न ऐतीहासिक सामाजी उदाहरणीय कार्यहरु गर्दै आईरहेको छ । गरिब बस्तिहरुमा खाद्यान्न तथा लत्ताकपडा वितरण, जिल्ला भित्र र बाहिरका विभिन्न खाले प्राण घातक बिरामीहरुको लागि खुलेर सहयोग गर्दै आईरहेको यस समाजले गरिब तथा पिडित विद्यार्थीहरुको लागि पनि सहयोग गर्दै आईरहेको छ । गत बर्ष समेत जिल्लाकै अर्को मृगौला पिडित त्रिपुरेसश्वर निवासी भीमसेन ढकाल लाई २.५ लाख भन्दा बढी सहयोग गरिसकेको यस समाजले बैशाख १२ को महाभूकम्प पश्चात जिल्लाका भिबिन्न ८ विद्यालयलाई पुन: निर्माणमा सहयोग पुर्याउने हेतुले जस्ता-पाता बितारण गरेको थियो । त्यस्तै अहिले "धादिङ्ग समाज कोरिया" ले जिल्लाको सदरमुकाम धादिङ्ग बेसीमा नमुना (ब्यबस्थित, आधुनिक तथा अपाङ्ग मैत्री) सार्बजनिक शौचालय निर्माण पनि गर्दैछ ।

0 comments

Write Down Your Responses

-->