अर्घाखाँची सम्पर्क मञ्चले छुसकमा भेला गर्ने

नमस्ते नेपाल कोरिया सम्वाददाता 

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले कोरियन चाड( छुसक) को अबसर पारेर  यहि सेप्टेम्बर  २८ तारिकका दिन भेटघाट तथा चियापान कार्यक्रमको तय गरेको छ । बिगतका केही बर्ष यता कोरियामा रहेका अर्घाखाँची बासी हरुले  बिदाको अबसर  पारेर आपसी भेट्घाट  छलफल गर्दै  सामाजिक कार्यमा हातेमालो गर्दै आएका छन । यस बर्षको छुसकको अबसरमा संस्थाले परोपकारी कोष स्थापनाको लागि भाग्यशाली उपहार योजना कार्यक्रमको लागि आफुहरु जुटिरहेको  र उक्त कार्यक्रम सफल पारिदिनुहुन  सम्पूर्ण   संघ -संस्था समाजसेवी  सबैमा  आग्रह गरेको छ।

यहि सेप्टेम्बर २७ तारिक गोरखा समाजको साँस्कृतिक कार्यक्रम् सगैँ  खुलाउने भाग्यशाली उपहार प्राप्त गर्न सहयोग गर्दै र भाग्यमानी हुन सबैमा अनुरोध  गर्दै निम्न स्थान र समयमा  कार्यसमितिका पदाधिकारी लगायत अर्घाखाँची बासी  दाजुभाई दिदिबहिनी,  सुभचिन्तक  ,पत्रकार  ,संघसंस्थाका प्रतिनिधि  सबैमा हार्दिक निमन्त्रणा  गरेको छ।

स्थान - दोङ्देमुन  डि आर इन्टरनेस्नलको हल,   १ नम्बर ट्रेन लाइनको  दोङ्देमुन स्टेशन बाट ३ नम्बर गेट नजिकै
समय र मिति -दिनको  १ बजे , सेप्टेम्बर  २८ तारिक २०१५


0 comments

Write Down Your Responses

-->