कोरियामा नेपालीहरु निम्न कुराहरुमा सचेत रहन आवस्यक
नमस्ते नेपाल कोरिया
९ सेप्टेम्बर ,२०१५
कोरिया ।
सोलस्थित नेपाली दूताबासका श्रम सहचारी अनिल गुरुङले बिशेष गरी ई पि एस रोजगार अनुमति प्रणाली मार्फत कोरिया आएका नेपाली कामदारलाई ११ सुझाव दिएका छन् | ती सुझावहरु निम्न अनुसार छन् :-
(१) बिहान काममा जानका लागि समयमा नै उठुनु होस् । नित्य कर्मबाट निवृत भई सके पछि आफूले गर्नु पर्ने कामको बारेमा शारिरिक तथा मानसिक रुपमा तयार हुनुहोस् । ओछ्यानबाट उठेर सोझै काममा जानु भन्दा केही समय अघि उठेर हल्का व्यायाम गरेर काममा संलग्न हुंदा शारिरिक तथा मानसिक रुपमा लाभदायक हुन्छ । कार्यस्थलमा मोबाईल नलैजानुहोस् । कोरियाली रोजगारदाताहरु कार्यस्थलमा मोबाईलको प्रयोग चाहनन् । कार्यस्थलमा मोबाईल प्रयोग गर्दा कामको गुणस्तर न्युन हुने तथा दुर्घटना समेत हुन सक्छ ।
(२) कोरियामा बढी जाडो हुने हुंदा चिसो भयो भनेर पानी कम पिउने प्रवृति पनि देखिएको छ । चिकित्सकहरुको भनाई अनुसार हामी हिटिंग सिस्टममा बस्दा अप्राकृतिक तापले गर्दा शरीरमा पानीको कमी हुने हुंदा अझ बढी पानीको आवश्यकता पर्दछ । प्रशस्त मात्रामा पानी तथा झोल पदार्थ पिउनुहोस् । शरीरलाई आवश्यक पर्ने मात्रामा संतुलित भोजन गर्नुहोस् । मासु मात्रै होईन, पर्याप्त साग पात, फलफूल पनि सेवन गर्नुहोस् ।
(३) आफू सुत्ने कोठामा भेन्टिलेसन छ कि छैन् हेर्नुहोस् । हिटिंग सिस्टममा अक्सिजनको कमी हुन सक्ने हुनाले पर्याप्त मात्रामा अक्सिजन कोठामा प्राप्त हुन सक्ने गरी भेन्टिलेस्न खुला गर्नुहोस् ।
(४) निद्रा हाम्रो स्वास्थ्यको लागि अति आवश्यक छ । पर्याप्त मात्रामा निदाउनु पनि स्वास्थ्यको लागि जरुरी छ । समयमा सुत्नुहोस्, समयमा उठ्नुहोस् । राती अबेर सम्म ननिदाएर बस्दा दिउंसो काम गर्न असहज हुन सक्छ । शारिरीक तथा मानसिक रुपमा तन्दुरुस्त हुन पनि पर्याप्त मात्रामा निदाउनु आवश्यक छ । राती अबेर सम्म ईन्टरनेटमा भुल्नु भन्दा समयमा नै निदाउनु बेस हुन्छ ।
(५) आफूले काम गर्ने मेसिनको बारेमा राम्ररी बुझ्नु होस् । मेसिनमा काम गर्दा दुर्घटना हुने अत्याधिक समस्या रहेको हुंदा, मेसिनको संचालन विधि, सुरक्षाका उपायहरु तथा पर्याप्त सर्तकता अपनाउनुहोस् । मेसिनमा काम गर्दा बढी सर्तक हुनुहोस् । औद्यौगिक दुर्घटनाबाट बच्नुहोस् ।
(६) कुनै पनि शारिरीक वा मानसिक समस्या भएमा उपचार गराउनुहोस् । रोग नलुकाउनु होस् । समयमा नै उपचार गरेमा रोग चांडो निको हुने तथा कम जोखिम तथा कम खर्च लाग्दछ । रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्दै नलागोस भन्ने तर्फ सर्तक रहनु होस् ।
(८) कोरियाली कानूनको पालना गर्नु होस् । अनुमति बिना कसैको पनि खासगरि महिलाहरुको फोटो नखिच्नुस । बिशेष कारणले तश्वीर लिनु परेमा अनुमति लिएर मात्र खिच्नुहोस् ।
(९) कार्यस्थलमा कसैलाई पनि यौन दुर्रव्यवहार नगर्नुस । आफूलाई कसैले यौन दुर्रव्यवहार गरेमा प्रमाण सहित प्रहरीमा उजुरी गर्न सकिन्छ ।
(१०)आफूलाई कुनै बिषयमा कुनै उत्सुकता भए सम्बन्धित निकायमा सोध्नु होस् । कुनै पनि भ्रामक कुरामा नपर्नुहोस् ।
(११) मादक पदार्थ सेवन तथा धुम्रपान नगर्नु होस् । दूध, दही, जुस ईत्यादि सेवन गर्नु होस् । संधै प्रसन्न् चित्त रहनुहोस्।

कोरियामा नेपाली कामदारले ध्यान दिनुपर्ने श्रम सहचारी अनिल गुरुङको ११ सुझावहरु :-

0 comments
Write Down Your Responses