एमटियु कोरियाले सुवनमा जुलाई १२ मा प्रशिक्षण कार्यक्रम गर्दै

रोशन राई

०८ जुलाई २०१५
 सोल – प्रवासी मजदुर सङ्घ्(एमटियु) कोरियाले कोरियन प्रजातान्त्रीक मजदुर महासङ्घको ख्यङ्ही क्षेत्रीय कार्यलय सुवोन स्थित भवन मा एकदिने महत्वपूर्ण प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

 रोजगार अनुमती प्रणाली (ईपिएस्) को नियम्, भिसा सम्ब्:न्धी ,कम्पनी परिवर्तन्, कम्पनीमा हुने दुर्घट्ना र दुर्घट्ना पछी गर्नुपर्ने सबै प्रकृया, मजदुर कानुन्, साथै मजदुरहरुको सम्पुर्ण कार्यक्षेत्र तथा अधिकार बारे यही जुलाई १२ तारिक आईतबार एकदिने महत्वपुर्ण प्रशिक्षण कार्यक्रम एमटियु कोरियाले गर्ने तयारी गरेको हो ।

आठ बर्ष अघी देखी प्रवासी मजदुर सङ्घ्(एमटियु) कोरियालाई बैधानिकता दिनुपर्ने बिषयको मुद्धा भर्खरै जुन २५ तारिकको दिन कोरियाको सर्बोच्च अदालतले एमटियु को पक्षमा फैसला गरे पछि एमटियु को यो पहिलो प्रशिक्षण कार्यक्रम रहेको हुँदा मजदुर कानुन र आफ्नो मजदुर अधिकार बारे धेरै कुरा बुझ्नलाई सो प्रशिक्षणमा सम्पूर्ण कोरियाबासी नेपालीहरुलाई उपस्थिति भई दिनुहुन प्रवासी मजदुर सङ्घका अध्यक्ष उदय राईले अनुरोध गरेका छन ।
  मिति : २०१५ जुलाई १२ तारिक आईतबार
समय : दिनको १२ बजे देखी
स्थान्: सुवन रेल लाईन नं १ , सुवन स्टेशन गेट नं ८ बाट
 निस्केर ३-४ मिनेट अगाडी गोल्डेन प्लाजा पाँचौ तला
सम्पर्क : उदय राई , ०१०-५६७५- २०११
 रोशन राई, ०१०-७४६०१४२२
बालकृष्ण बान्तावा : ०१०- ६४६३३४५२
दिनामणी पौडेल : ०१०- ५९३३ १३२९
 सरदीप श्रेष्ठ : ०१० – ८५८६ २२४३

0 comments

Write Down Your Responses

-->