नेपाल बिश्वकै ‘उन्नाईसौं’ उत्कृष्ट गन्तव्य मुलुक


कृष्ण अधिकारी | 

09 June 2015

पहिलो गन्तब्य मोरक्को



-बिश्वकै भरपर्दो संस्था ‘ट्रीप एडभाईजर‘ ले संसारका मानिसको उत्कृष्ट गन्तब्य मध्ये नेपाल पनि परेको छ |
उसको २०१५को पछिल्लो सर्भेमा नेपाल १९ औं स्थानमा रहेको जनाएको छ | बिश्वका २५ उत्कृष्ट गन्तब्य मध्य नेपाल १९ औं नम्बरमा परेको हो|पहिलो मोरक्को, दोश्रोमा क्याम्बोडिया,तेस्रोमा स्तानबुल टर्की, भियतनाम, पाँचौ गन्तव्यमा चेक-रिपब्लिक, छैटौमा लन्डन, सातौँमा इटाली ,आठौँमा अर्जेन्टिना,नवौंमा फ्रान्स, दशौँमा साउथ अफ्रीका, एघारौ न्युवोर्क-अमेरिका, त्यस्तै बाह्रौंमा स्विज़रल्याण्ड, तेह्रौंमा स्पेन,गोर्मे टर्कीनै पर्यटकको रोजाइमा परेको छ | न्युज एनआरएन डट कम | यसैगरी पन्ध्रौँमा इन्डोनेशिया,सोह्रौंमा पेरु,सत्रौंमा रसिया, अठारौँमा थाइल्याण्ड, उनाइसौंमा नेपाल पर्यटकको उत्कृष्ट गन्तब्यमा परेको छ | बीसौंमा ग्रिसको एथेन्स, एकाइसौंमा हंगेरी, बाइसौंमा न्युजिल्याण्ड, तेइसौंमा हंगकंग, चौबिसौंमा दुबई छ भने पच्चीसौंमा अष्ट्रेलियाको सिड्नी पर्यटकको रोजाईमा परेको छ |


२०१५ को अप्रिलमा नेपालमा आएको भूकम्पका कारण नेपालका एतिहासिक संरचनाहरु ध्वस्त भए पनि मानिसहरुमा नेपाल प्रतिको माया झन बढेको पाइएको छ | जसका कारण पर्यटन क्षेत्र केहि समयमै पुरानै धारमा फर्कने आशा गर्न सकिन्छ |

0 comments

Write Down Your Responses

-->