उमसङ सहयोग समिति कोरियाको राहत बितरण सम्पन्न

श्रीराम भण्डारी
दक्षिण कोरिया
१० जुन २०१५
दक्षिण कोरियाको उमसङ क्षेत्रमा रहेका नेपालीहरुको संस्था “उमसङ नेपाली सहयोग समिति” ले “भुकम्प पीडित राहत अभियान” अन्तर्रगत पहिलो चरणको राहत बितरण सम्पन्न गरेको छ ।

समितिको पहलमा कोरियामा रहेका नेपाली तथा विदेशीहरुसँग आर्थिक संकलन गरी उक्त रकमबाट नेपालमा भुकम्प पीडितलाई राहत सामाग्री बितरण गरिएको हो । पहिलो चरणको राहत वितरण अन्तर्रगत सिन्धुपाल्चोकको बिकट किउल गाबिस वडा नं २ भिरर्खकमा रहेको तामाङ बस्तीमा बितरण गरिएको छ । सस्ंथाका पूर्व अध्यक्ष मनोज श्रेष्ठको नेतृत्वमा गएको टोलीले राहत स्वरुप पत्येक घरधुरीलाई एक÷ एक बोरा चामल साथै दाल, नुन, तेल, चिनी, चिउरा र बिस्कुट लगायत खाद्य सामागी बितरण गरेको छ ।
त्यस्तै संस्थाले राहत बितरण अभियान अन्र्तरगत नै गोरखामा पनि वितरण गरेको छ । गोरखाको मसेला गाविस वडा नं ३ मा रहेको विपन्न दलित परिवारमा जस्ता पाता वितरण गरिएको संस्थाका अध्यक्ष महेन्द श्रेष्ठले बताए । २० घरधुरी रहेको उक्त बस्तीमा अस्थायी घर निर्माण गर्न पुग्ने गरी बितरण गरिएको उनले बताए ।
संस्थाले राहत बितरणलाई निरन्तरता दिने जानाएको छ । दोसो चरणको राहत सहयोगमा भुकम्पबाट क्षतबिक्षत भएका शैक्षिक सस्ंथालाई पुनः निर्माणमा केन्द्रित रहेर सहयोग गर्ने संस्थाका कोषाध्यक्ष लालबाबु साउदले बताए । संस्थाका सदस्यहरुबाट मासिक आर्थिक संकलन गरेर भएपनि शिक्षा क्षेत्रमा सहयोग जारी राख्ने उनले बताए ।



0 comments

Write Down Your Responses

-->