bichar
»
सपनाको देश कोरियाको सोचाई - भोगाई सगै उपहार
सपनाको देश कोरियाको सोचाई - भोगाई सगै उपहार
अनुप कुमार श्रेष्ठ
दक्षिण कोरिया l
१० जुन २०१५
हजारौं नेपालीहरुको एक सपनाको देश कोरिया जहाँ आउन लाखौं विदेशीहरु तछाड मछाड गर्छन् । कोरियामा पाइला राख्नु सपना पुरा हुनु हो । तर त्यतिले मात्र पुग्दैन , कोरिया प्रवेश गरेपछि यहाँको रहनसहन, रितिरिवाज, भाषाको कारणले पनि केहि समय एकदमै अफ्ठ्यारो महसुस गराउनु कुनै नौलो कुरा होइन जहाँ हामी गाउँबाट नेपालकै शहरमा प्रवेश गर्दा त कति अफ्ठ्यारो महसुस गरेका हुन्छौ भने यस्तो देशमा प्रबेश गर्दा नहुने त कुरै भएन तर यस्तो अवस्थाबाट पनि पार लाग्दै आफुलाई समाल्दै अगाडी बढ्नु र आफ्नो कार्यकाल पुरा गरि आफ्नो देश फर्कनु भने अपरिहार्य छ ।
दिन गन्दागन्दैं म पनि यहि सपनारूपी देश कोरिया प्रवेश गरेको पनि पचास महिना पुगीसकेछ । सुरु सुरुमा त निकै नै अफ्ठ्यारो भएको थियो ।सुरुमै आएको कम्पनि दिन रात चल्ने कम्पनि थियो, एक हप्ता दिन र एक हप्ता रात काम गर्नु पर्ने साथै नेपालमा भाषा परिक्षामा राम्रै प्रतिशत ल्याए पनि यहाँको सुरु सुरुमा भाषाको टोन नबुझेर कति अलमल हुन्थ्यो । यस्तै अबस्थालाई पार गर्दै एक महिना दुई महिना गर्दै दिन बित्दै गए र आफुलाई पनि यहाँको परिवेशमा घुलमिल गराउदै गए ।
कोरियनको बोलिको टोन पनि बिस्तारै बुझ्दै जान थाले , र यहाकै माहोलमा रमाउन थाले ।
यस्तरी नै कोरियामा पहिलो बसन्त पार भयो र त्यस कम्पनीलाई छोडी कामको खोजीमा लागे र लगत्तै अर्को कम्पनीमा काम गरेतापनि त्यहाँ दुइ महिना बाहेक बढी काम गर्न असमर्थ भए । त्यही कम्पनीमा काम गर्दै गर्दा नेपालबाट मेरो मिसेस पनि इ पी एस प्रणालीद्वारा नै कोरिया प्रवेश गरेकोमा मन एकदमै चंगा सरि भयो ।
उनीलाई पनि सुरुमा आएको कम्पनीबाट एक महिनामा नै लेटर दियो,त्यसपछि त झन् हामीलाई एकदम सजिलो भयो । हामी दुवै जना कामविहिन भै कामको खोजीमा लाग्यौं ।
एक महिनाको अन्तरालपछि हामीले कोरियाको ओसन नजिकैको एक रबर कम्पनीमा काम पायौं । यस कम्पनीमा हामीले एकदम मेहेनतका साथ काम गर्दै गयौं ।
यसरी नै एक बर्ष यहि कम्पनीमा बित्यो, त्यहि अन्तरालमा हाम्रो बच्चा पनि बस्न गयो । हामीले यो कुरा हाम्रो साहु साहुनीलाई भन्यौं, उहांहरुले सहर्ष स्विकार्नु भयो र बधाई पनि दिनु भयो । हामीलाई दुइ ओटा विकल्प पनि दिनु भयो यहिँ कोरियामा बच्चा जन्माउने कि छुट्टीमा गएर नेपालमा ।तर हामीलाई यहिँ कोरियामा जन्माउने रहर थियो । हस्पिटल हाम्रो कम्पनीबाट नजिकै थियो , हामी प्रत्येक महिना चेक गर्न आउँन जान पनि सजिलो भयो र कम्पनीबाट पनि जतिबेला हस्पिटल आउन जान कुनै गाह्रो अप्ठ्यारो भएन ।
त्यसपछि हस्पिटलको डाक्टर नर्सको ब्यबहार पनि त्यस्तै मन छुने पायौं । यति सरल र आत्मिय कि हामीलाई आफ्नो देश भन्दा बाहिर भएजस्तो महसुस भएन । यस्तो अबस्थामा कम्पनिले मेरो मिसेसलाई छ महिनाको लागि रेस्ट समय दियो र यहि समयमा प्यारी छोरीको जन्म भयो र केहि महिना लगत्तै नेपालमा दुई महिनाको बिदामा गई छोरीलाई नेपाल छोडेर आयौं ।यहि महिना छोरी पनि एक बर्ष पुगी दोश्रो बर्षमा प्रवेश गरिसकेको छ र हामीहरुपनि यहि कम्पनीमा अझ कडा मेहेनतका साथ् काम गरिरहेका छौँ ।साहुसाहुनीले बेला बेला मा छोरीको फोटो हेर्न आइरहन्छन । यसरी हाम्रो मेहनत र सम्बन्धले प्रभावित भएर साहु साहुनीले फेरी अर्को ५ बर्षको लागी पनि यहि कम्पनिमा पुन आउन पनि अनुरोध गरेको छ l यस्तो ब्यबहारले घरमै भएको बाबा आमाको झझल्को मेटिएको छ ।
यसरी नै कोरियाको बसाई एकदमै रमाइलो हुदै गैरहेको छ । यसै बीच इनर स्क्यान इनर टच हाम्रो जीवनमा थप नयाँ आयामको रुपमा भित्रियो जसले थप सकारात्मक सोचाइमा बृदि गराई अझ धेरै नयाँ जोश, जाँगर र उत्साह थप्दै कोरियाको बसाईलाई अझ स्वणीम बनाएको छ ।यस प्रोग्रामले प्रत्येक व्यक्ति आफु स्वयम्मा पनि केहि हुँ, म पनि केहि गर्न सक्छु भन्ने कुरालाई जागृत गरि जीवनलाई कसरि सकारात्मक गराउने र जीवन जिउने कला लगायतका विविध बिषयमा म लगायत धेरै साथीहरुलाई यसले लावन्भित गराएको छ । त्यसैले साथीहरु कोरियाको बसाईमा सधै नकारात्मता मात्र होइन हाम्रो जस्तो असल कम्पनीहरु पनि हुन्छन र कतिपय कुरामा सम्झौता पनि गर्नु पर्ने हुन्छ ।धेरै कुराहरु तपाई हामीमा भर पर्ने कुरा हो ।बुद्धको भनाइ अनुसार “तिमी जे सोच्छौ तिमी त्यहि हुन्छौ ।” त्यसैले राम्रो सकारात्मक सोच्ने गरौँ ।अहिले कोरियामा धेरैं आत्माहत्याको नकारात्मक खबर फैलिएको अबस्थामा मेरो यो सानो लेखले केहि सकारात्मक सन्देश दिनेछ भन्ने आशा गरेको छु ।
Labels:
bichar
0 comments
Write Down Your Responses