मर्सबाट पहिलो पटक किशोर संक्रमित,मृतक संख्या ६ पुग्यो


एजेन्सी 

बिकाश श्रेष्ठ [नमस्ते नेपाल कोरिया सम्बादाता]

८,जुन २०१५ दक्षिण कोरिया l  


कोरियामा घातक मर्सबाट पहिलो पटक किशोर संक्रमित, झण्डै दुइ हजार शिक्षण संस्था बन्द



कोरियामा हालै फैलिएको रोग मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) नामक संक्रमणका कारण दक्षिण कोरियामा हालसम्म मृत्यु हुनेको संख्या ६ पुगेको छ l आज बिहान दैचोंग हस्पिटल देजनमा एक ८० बर्षीय बृद्धको मृत्यु भएको हो l दक्षिण कोरियामा छ जनाको ज्यान लिइसकेको मर्सबाट पहिलो पटक किशोर पनि संक्रमित भएको पुष्टि भएको छ । सरकारले घातक मर्सबाट एक विद्यार्थी संक्रमित भएको पुष्टि गर्दै यसबाट थप २३ जना संक्रमित भएको जनाएको छ । नयाँ संक्रमित संगै संक्रमित हुनेको संख्या ८७ पुगेको छ भने दुइ हजार तिन सय भन्दा बढीलाई उच्च निगरानीमा राखेको छ । संक्रमित हुने पहिलो कोरियन किशोरको उमेर सोह्र वर्षको रहेको छ । मर्स महामारी फैलिदै गएपछि सरकारले देशभरका झण्डै दुइ हजार शिक्षण संस्था बन्द गर्न निर्देशन दिएको छ । त्यस्तै सरकारले सोमबार मर्स प्रभावित थप पाँच वटा अस्पतालको नाम सार्वजानिक गरेको छ । जसमा बुसानस्थित इम हड सम इन्टरनल मेडिसिन क्लिनिक, ख्यंगी पान्त अन्तर्गतको सुवनस्थित च मिन इन्टरनल मेडिसिन क्लिनिक, फेन्तेकोन्य सोल क्लिनिक सहित राजधानी सोलका थप दुइ अस्पतालहरु रहेका छन । डरलाग्दोरुपमा फैलिदै गएको मर्स महामारी विश्वमा पहिलो पटक सन दुइ हजार बाहमा साउदी अरबियामा देखा परेको थियो । जसबाट चार सय अठठाइस जनाको मृत्यु भएको थियो भने एक हजार चार सय भन्दा बढी मर्सको शिकार भएका थिए । साउदी अरबिया पछि विश्वमा मर्स महामारीको शिकार हुने दोश्रो राष्ट्र कोरिया भएको छ । यसैबीच स्वासपश्वास सम्बन्धी रोग मर्समहामारी नियन्त्रण गर्न कोरिया सरकार असफल भइरहेको बेला उसका छिमेकी राष्टहरुले उच्च सर्तकता अपनाएका छन । कोरियाको छिमेकी राष्ट्रहरु हंगकंग, जापान र ताइवानले आफ्ना देशमा प्रवेश गर्ने कोरियन पर्यटकलाई उच्च निगरानी गर्दै कोरिया भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत तुल्याएका छन । जसका कारण हजारौ पर्यटकहरुले कोरिया भ्रमण रद्ध गरेको कोरियाका पर्यटन व्यावसाय सम्बद्ध अधिकारीहरुले बताएका छन ।



0 comments

Write Down Your Responses

-->