जापानमा निधन भएका कटवाल परिवारलाई सहयोग खाचो
अशोक पोख्रेल
०७ , जुन २०१५ l
सोल-
जिवनमा केही गरौंला भन्ने ठुलो सपना बोकेर विदेसीएका एक नेपालीको सपना चकनाचुर भएको छ । नेपालको धनकुटा हात्तीखर्क १ का भिमबहादुर कट्वालको जापान गएको १५ दिन मै असामयिक मृत्यु भयो । जिवनमा केही गर्ने ठुलो सपना बोकेर, अध्ययनको शिलशिलामा गत मे १४ मा जापान प्रवेश गरेका कट्वालको मे २९ मा निधन भयो ।
सामान्य किसान परिवारमा जन्मेका कट्वालले महङगो ब्याजमा १०/११ लाख रुपैयाँ ऋण लिएर जापान गए | निजको मृत्युको खवरले एकातिर बुढा भएका बाबु- आमा अचेत अबस्थामा रहेका छन् भने अर्को तिर चर्को ब्याजमा लिएको ऋण छँदैछ। दैव पनि कति निश्ठुरी, २३ बर्षका कट्वाललाई विचैमा टिपेर लग्यो, उनी सन्सार छोडेर त गए तर परिवार र आफन्तको भयो यस्तो विचल्ली ।
सामान्य किसान परिवारका आशाका एक मात्र आशाका केन्द्र रहेका कटवालको शव नेपाल ल्याउनमात्र करिव १५ लाख रूपियाँ लाग्ने भएको छ भने जापान मै दाहासंस्कार गरेमा पनि करिब ५/६ लाख रूपियाँ चाहिने भएको छ । धन कमाउन गएको छोरो,आशाको केन्द्रविन्दु,त्यो पनि गएको १५ दिन भित्रमा संसार छोडेर जानु, यस्तो अबस्थामा परिवार कस्तो शोकमा होला कल्पना पनि गर्न नसक्ने अबस्था छ।
परिवारको नाजुक अबस्था, शव ल्याउन चाहिने आबश्यक रकम आदि समस्या नै समस्याका कारण भएकाले परिवारले कोरियाबासि नेपालीहरुसंग पनि सहयोग मागेका छन् |
कोरियामा सहयोग गर्न इच्छुक नेपालीले मृतक कट्वालका आफन्त धनु थापा (०१०५९२४३८१६) लाई सम्पर्क गर्नसक्नुहुनेछ | त्यस्तै IBK बैंक खाता नं.- ६३१०२४८८८०२०१९ (단) मा सहयोग जम्मा गर्न सकिने छ ।
0 comments
Write Down Your Responses