कोरियामा मर्सको त्रास कायमै, मर्नेको संख्या ५ पुग्यो
बिकाश श्रेष्ठ
[नमस्ते नेपाल कोरिया ]
०७, जुन २०१५दक्षिण कोरिया l
कोरियामा मर्सको त्रास कायमै, मर्ने र सक्रमितको संख्या बढ्दै ,
सचेत र सावधानी रहन आग्रह :-
दक्षिण कोरियामा मिडल इष्ट रेष्पोरेटरी सिन्ड्रोम मर्सकोमहामारीका कारण जनमानसमा त्रास र डर
फैलिएको बेला सो जिवाणूबाट मर्नेको संख्या पाँच पुगेको छ ।
शनिवार संक्रमित एक पचहत्तर वर्षीय वृद्धाको मृत्यु भएको पुष्टि भएसंगै मर्नेको संख्या बढेको हो । मर्स महामारीले विकराल रुप लिदै गएको समयमा संक्रमित हुनेको संख्या पनि बढेको कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ ।
आइतबार बिहान सम्म संक्रमितको संख्या चौसठ्ठी पुगेको छ भने मर्स जिवाणूको लक्षण देखिएका संकास्पद एक हजार आठ सय भन्दा बढीलाई उच्च निगरानी र अलग्गै राखेर उपचार गरिएको छ ।
गत मे बीसमा साउदी अरबियाको भ्रमणबाट फर्किएका अठसठठी वर्षीय पुरुषलाई मर्स जिवाणूको संक्रमण भएको पुष्टि भएपछि मर्स रोग प्रति मानिसको चासो र चिन्ता बढेको हो । यस अघि विश्वमा स्वासपश्वासमा समस्या देखिने रोग मर्स संक्रमितको मृत्युदर चालीस प्रतिशत रहेको भएपनि कोरियामा सात दशमलब आठ प्रतिशत रहेको यहाँको रोग नियन्त्रण तथा रोगथाम केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ ।
मर्ससंक्रमित अधिकांशमा ज्वरो आउने, खोकी लाग्ने, स्वास फेर्न कठिनाइ लगायतका स्वास प्रस्वास सम्बन्धी समस्याहरु देखिएका छन । हाल सम्म यो रोगको कुनै पनि खोप र उपचार पत्ता लागिसकेको छैन । त्यस्तै मर्स महामारी नियन्त्रण गर्न तत्काल कदम नचालेको भन्दै सरकारको व्यापक आलोचना भइरहेको छ । मर्स जिवाणू फैलिएको चौध दिनपछि डाकिएको बैठकमा रास्ट्रपति पार्क गे हुले रोग नियन्त्रणका लागि आवश्यक कदम चाल्न स्वास्थ्य सम्बन्धी अधिकारीहरुलाई निर्देशन दिएकी छिन । महामारी फैलिन नदिन तथा रोग नियन्त्रणका लागि हर सम्भवका कदम चालिएको सरकारको दाबी छ ।
यसैगरी सरकारले मसं संक्रमितहरुले उपचार गराइरहेको अस्पतालको नाम सार्वजानिक गरेको छ । मर्स संक्रमित उपचाररत अस्पतालको नाम गोप्य राखिएको भन्दै जन आक्रोश बढेपछि सरकारले आइतबार नाम सार्वजानिक गरेको हो ।
जसमा सामसुड मेडिकल सेन्टर, सोल सेन्ट मेरी अस्पताल, सोल असन अस्पताल सहित राजधानी सोलका दुइ वटा ठुला अस्पताल रहेका छन । यसैबीच विदेशी कामदार कार्यरत कम्पनीहरुले पनि संभावित मर्स रोगको संक्रमणबाट बच्न आफ्ना कामदारलाई सचेत गराएका छन ।
केही दिन अघि सोलस्थित नेपाली दुतावासले पनि विज्ञप्ती मार्फत सकेसम्म कम्पनीबाट बाहिर ननिस्कन, निस्कन परे सुरक्षित मास्क प्रयोग गर्न भन्दै नेपाली समूदायलाई सर्तकता अपनाउन आग्रह गरेको थियो । यसैगरी मर्स महामारीको असर पर्यटन व्यावसायमा पनि देखिने भएको छ । कोरिया आउने तयारीमा रहेका विदेशी पर्यटकले धमाधम कोरिया यात्रा रद्ध गरेको पर्यटन पर्यटन ब्यबसाय सम्बद्ध अधिकारीहरुले बताएका छन ।
0 comments
Write Down Your Responses