korea
»
एमटियु कोरियाले राहत बितरण सम्पन्न गर्यो (फोटो फिचर सहित )
एमटियु कोरियाले राहत बितरण सम्पन्न गर्यो (फोटो फिचर सहित )
रोशन राई,सउल
20 June 2015
प्रवासी मजदुर संगठन (एमटियु) कोरियाले गत बैशाख १२ गते गएको महाभूकम्प मा परी पीडित भएका भूकम्प पिडीतहरुलाई पहिलो च:रण को राहत बितरण सम्पन्न गरेको छ ।
"जमिन फाटेपनी मानवता रहिरहन्छ " भन्ने मूल नारा सहित भूकम्प पीडित जिल्लाहरु दोलखा ,रामेछाप्, नुवाकोट्, रसुवा, काभ्रे, सोलुखुम्बू, ल:लितपुर , र काठमाण्डौं गरी आठ जिल्लाका जम्मा ९५६ घर धुरी भूकम्प पीडितहरुलाई प्रवासी मजदुर संगठन (एमटियु) कोरिया र कोरियन मजदुर महासंघ (केसिटियु) ले संयुक्त रुपमा राहत बितरण गरेको हो ।
राहतको लागी उठेको नेपाली उन्नाईस लाख चार हजार नौ सय बयालीस रुपैयाँ रकमले बिभिन्न खाध सामग्रीहरु चामल्, नुन ,तेल्, साथै औषधि, कपडा, झुल्, पाल , प्लास्टिक जस्ता अति आवश्यकीय कुराहरु बितरण गरिएको थियो ।
एमटियु कोरिया ले नेपाल मा रहेको नेपाली प्रवासी श्रमिक एक्यबद्धता केन्द्रको माध्यम बाट बितरण गरेको राहत सामग्री एक बिधालय र एक बाल गृह लाई समेत उपलब्ध गराएको थियो ।
त्यस्तै पछिल्लो अन्तिम पटक राहत बितरण गरिएको नुवाकोटको थाङ्सिन गाबिस स्थित पर्ने एक गाउँको दलित समुदाय र प्रभावित क्षेत्रका बालबालिकाहरुलाई मध्य नजर गरी शैक्षिक सामग्री समेत राहत स्वरूप बितरण गरिने प्रवासी मजदुर संगठन अध्यक्ष उदय राईले जानकारी गराए ।
0 comments
Write Down Your Responses