नेपाली कामदारले कोरियाबाट फर्केपछि के गर्ने ?

अनिल गुरुङ 

मलाई धेरैजसोले कोरियाबाट फर्केपछि के गर्ने सर ? भनेर सोध्छन् । मलाई लाग्छ, जहां चाह, त्यहां राह । केही सुझाव दिने प्रयास गरेको छु ।  

 १.आफूसंग भएको पुजीको हिसाब गर्ने ।  


 २. आफनो योजना तथा शिप तथा जनशक्ति अनुसार तथा आफू बसोबास गर्ने स्थानको भूगोल तथा आफूसंग भएको चल अचल पुंजी अनुसारको परियोजना (व्यवसायको) तथा बजारको अध्ययन गरी केही निश्चित बिषयलाई छनौट गर्ने । 

  ३. विभिन्न् सरकारी तथा गैर सरकारी निकायमा कच्चा पदार्थ , उत्पादन, लागत, बजार तथा नाफा नोक्सानको बारेमा विस्तृत जानकारी लिने । यथाशक्य व्यवसायम घर परिवारका सदस्यलाई पनि संलग्न गराउने ।  

 ४. आफूले शुरु गर्न लागेको व्यवसायसंग सम्बन्धित विभिन्न् प्राविधिक पक्षको सम्बन्धित निकायमा गई तालिम लिने । जस्तै माछा पालनका लागि नेपाल सरकारको मत्स्य विकास केन्द्रहरु, पशुपालनका लागि जिल्ला पशु विकास कार्यालयहरु, तरकारी खेतीका लागि जिल्ला कृषि विकास कार्यालयहरु, सहकारीका लागि, जिल्ला सहकारी कार्यालयहरु लगायत जिल्ला विकास समिती, गांउ विकाश समिती ईत्यादिमा गई विस्तृत रुपमा शिपका साथै विभिन्न् पक्षका बारेमा जानकारी तथा सुझाव लिने ।

   ५. अन्तिम रुपमा परियोजना ( व्यवसाय) छनौट गर्ने । आवश्यक परे प्रचार प्रसार गर्ने ।  

 ६. कतिपय व्यवसाय शुरु गर्दा नेपाल सरकारका विभिन्न्बाट निशुल्क तालिम, आर्थिक अनुदान तथा कम व्याजमा रिण समेत पाईन्छ सो सम्बन्धमा पनि जानकारी लिने ।  

 व्यवसायका विभिन्न् क्षेत्रहरु :-  

 १.उन्नत वा आर्गेनिक तरकारी खेती ( काउली, बन्दा, भिण्डी, मटरकोशा, साग, आलु, लसुन, ब्रोकाउली , मकै, फापर तथा च्याउ खेती )  

 २. फलफूल जस्तै : सुन्तला, आंप, लिचि, कटहर, स्याउ, अंगुर, खरबुजा, तरबुजा, जुनार, आलुबखरा ईत्यादि । 

३. मत्स्य पालन – खासगरी झापा, सुनसरी, सर्लाही, महोत्तरी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बांके बर्दिया ईत्यादि तराईका जिल्लामा कमन कर्प , सिलभर कर्प, रोहु तथा केही पहाडी जिल्लामा ट्राउट माछा ।   

४. पशुपालन : उन्नत जातका गाई, भैसी, बाख्रा, बंगुर ( धराने कालो बंगुरको मांग नेपाल तथा सिमावर्ती क्षेत्रमा अत्याधिक छ । कुखुरा तथा हांस लगायत आजभोलि अष्ट्रिचको मांग पनि निकै छ । दुग्ध व्यवसायको पनि राम्रो बजार छ ।  

 ५. शिक्षा क्षेत्र : उचित शुल्कमा केही साथीहरु मिलेर स्थानीय स्तरमा विद्यालय स्थापना तथा संचालन ।  

 ६. सहकारी : विभिन्न् सहकारीको स्थापना तथा संचालन( रिण तथा बचत) । स साना अस्पताल, मेडिकलहल समेत । 

  ७. वर्कशप : मोटरसाईकल मरम्मत तथा पाटपूर्जा बिक्री, मोटर पार्टस तथा कृषि औजार । 

  ८. हार्डवेयर : छड, सिमेण्ट, ब्लक, जस्तापाता, तार, जाली ईत्यादि निर्माण सामाग्री ।  

  ९. श्रृंगार : श्रृगांर सामाग्रीको पसल, महिला तथा पुरुषका लागि पार्लर, सैलुन । 

  १०. एजेन्सी तथा सेवा : ट्राभल एजेन्सी , विभिन्न् बस्तु तथा सेवाको एजेन्सी ( जस्तै ग्यास, पानी, स्टेशनरी, विज्ञापन ) । 

  ११. उद्यौग: साना तथा मझौला कलकारखानाहरु : जस्तै कुटानी, पिसानी, दाल,चामल पिठो प्याकिंग, खाद्य सामाग्री ईत्यादि ।  

 १२. होटल रेष्टुरा : सानो तर पुर्ण सुविधा युक्त होटल तथा रेष्टुरा संचालन । 

  १३. पर्यटक तथा पर्यटन सम्बन्धि टुर एजेन्सी , टुर प्याकेज ।  

 पुनस्च:-  

व्यवसायको सुरक्षाका लागि सम्बन्धित निकायमा नियमानुसार दर्ता गर्ने, आवश्यकता अनुसार पान नम्बर लिने तथा बीमा समेत गर्ने ।   (लेखक सोलस्थित नेपाली दूताबासका श्रम सहचारी हुन् ) 

0 comments

Write Down Your Responses

-->