कोरियन एयर कम्पनीले १०० वटा नयाँ जहाँज खरिद गर्ने
रोशन राई,सोल ।
19 June -2015
कोरियन एयर कम्पनीले बोईङ र एयरबस कम्पनीबाट सय नयाँ जहाँज खरिद गर्न अमेरिकी १२.२ बिलियन डलर खर्चिने भएको छ । यो राष्ट्रीय खरिद को हिसाबले एउटा ठूलो हिस्सा हुनेछ ।
मंङ्गलबार बोइङ को सिइओ "रे कोनर " र एयरबस का सिइओ " फ्याब्रीक बेगर " सँग पेरिसको बिषेस भेटमा कोरियन एयर का अध्यक्ष " चो याङ हो " ले खरिद गरिने बिषयको त्रीपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । प्रत्यक लट मा ३० वटा को संख्यामा जहाँज भित्र्याइने र बाँकी बि:स्तारै भित्र्याइने छ | यसरि खरिद गरिएको जहाँज सन २०१९ बाट संचालन मा ल्याइने छ ।
खरिद गरिने नयाँ जहाँज लागत को हिसाबले मितब्ययी हुने र इन्धन पनि कम खपत हुने बिश्वाश लिईएको छ , भने यात्रुहरुले निकै सहजताको साथ यात्रा गर्ने पनि एयर लायन्स का एक प्रबक्ता ले जानकारी गराएको छ ।
उनले थपे , " यात्रुहरुका लागी खरिद गरिने नयाँ जहाँज आरामदायी र सुरक्षित को हिसाबले संका गर्ने ठाउं हुने छैन ।" सन २०१९ मा कोरियन एयर को ५०औँ बार्षिकी उत्सव मनाउन गैरहेको र यसै अवसर पारेर यस्तो खरिद को निर्णय गरिएको कोरियन एयर का अध्यक्ष चो याङ हो ले जानकारी गराए ।
0 comments
Write Down Your Responses