न्यु पाथिभरा हाउसको उदघाटन कार्यक्रम सम्पन्न
पबन राई
१९ जुन २०१५ सउल
गत १४ तारिक आईतबारका दिन -झापा मिलन समाज कोरियाले संचालन गरेको पाथिभरा हाउसको उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
समाजले २० महिना अगीबाट सुरुगरेको पाथिभराहाउस नयाँ ठाँउमा ब्यबस्थित गर्दे स्थान्तरण भएको हो । पाथिभरा हाउसमा आपत बिपत र काम छोडेर बसेका नेपालीहरुको लागी बस्नको लागी सहयोग पुगोस भनेर संचालन गरीएको हो ।
यस अबधिमा कोरियामा रहेका करिब पचास जिल्लाका करिब सय जना नेपालीहरुलाई सेबा दिई सकेको र दिईरहेको कुरा समाजका बरिस्ट उपाध्यक्ष राजु सन्तोषी थापाले बताएका छन । यस लाई अझ ब्यबस्थित गरदै नयाँ ठाँउमा स्थान्तरण गरिएको हो ।
सुवन आरजु देहाक्यो नजिक कोम्हे सिजाङमा स्थान्तरण गरिएको छ । यक्त हाउस उदधाटन कार्यक्रममा प्रमुख अथिती सोलस्थित नेपाली दूताबासका द्वीतीय सचिब प्रथमा उप्रेती बिषेश अथिती नेपाली सम्पर्क समीतिका अध्यक्ष लोचन राईको आतिथ्यमा सम्पन्न भएको थियो सोही दिन समाजका पुर्ब सदस्य नीरज खतीबडाको कोरियाको बसाईअवधी समाप्त भई नेपाल जानलाग्नु भएकोले शुभयात्राको कार्यक्रम पनि राखीएको थियो ।
कार्यक्रमको समाजका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको थियो भने कार्यक्रक संचालन सचिब सुसिल मैनाली र कमला केशीले गरेका थिए ।
0 comments
Write Down Your Responses