कोरियामा हराएका नेपाली अझै भेटिएन

मीनप्रकाश  उप्रेती,सउल 
कोरियामा बेपत्तभएका एक नेपाली दुई साता बितिसक्ता पनि फेला पर्न सकेका छैनन । गत मे ३१ तारिख  राति देखि एक्कसि  बेपत्ता भएका तेह्रथुम  ओयाक्जुङका सबिन मादेम्बा लिम्बु हाल सम्म फेला पर्न नसकेका हुन ।


लिम्बु रोजगार अनुमति प्रणालि बाट एक बर्ष अघि कोरिया आएका थिए ।  कंम्पनि परिवर्तन गरि एक महिना अघि मात्र ख्यङगीदो आन्सङसीको  खोसाङ क्षेत्रको हान्ग्यल थ्वेजी नोंङजाङ कम्पनीमा उनि  कार्यरत थिए ।

 उक्त सांझ संगै खाना खाई सुत्न गएका सबिन बिहान उठ्दा फेला नपरेको संगै काम गर्ने दिल कुमार लिम्बुले बताए । सबिन केहि दिन देखि मानशिक तनावमा रहेका जस्तै देखिन्थे, उनि बारम्बार  उक्त कंम्पनिमा काम गर्न नसक्ने भन्दै आएको दिल कुमारको भनाई थियो ।

 दुई साता बिति सक्ता पनि सबिन फेला नपर्दा परिवारमा चिन्ता छाएको दिदि सिता मादेम्बाले अनलाईन खबरलाई बताईन । कोरिया स्थित नेपाली दुतावास  खोजि कार्यमा गम्बिर नभएको सिताको भनाई थियो । भाई बेपत्ता भएको सुन्ने बित्तिकै उपनियोग प्रमुख राजा राम वर्तौला र श्रम सहचारि अनिल गुरुङ्गलाई संम्पर्ग गर्दा कोरियन प्रहरिले सबै गर्छ हामिले केहि गर्नु पर्दैन भन्ने जवाफ पाउदा मन खिन्न भएको सिताले बताईन ।

उता श्रम सहचारि अनिल गुरुङ्गले भने दुतावास उक्त घटनामा गम्बिर भएको र खोजि कार्यजारि रहेको बताएका छन ।

0 comments

Write Down Your Responses

-->