''नकै फुँ'' बाट आम्दानी हुने रकम रहात कोषमा राखिने
सोल–कोरिया, ६ मार्च ।
अगामी मार्च १५ गते आईतबारका दिन प्रदार्शन गरिने हाँस्य प्रधान गुरुङ् चलचित्र ‘नकै फुँ ’ (कुखुरीको अण्डा) को प्रदर्शनबाट हुने आम्दानीलाई तमु धीँ दक्षिण कोरिया आपतकालिन रहात कोषमा राखिने भएको छ ।
गएको डिसेम्बरमा कारियामा आकस्मिक रुपमा मृत्यु बरण गर्नुभएको मोरङका पदममान गुरुङ्को दहसंस्कार कोरियामै गरिए पश्चात तमु धीँ दक्षिण कोरियाले रहात कोष स्थापना गरेको हो । कोषमा गुरुङ्को दह–संस्कारको लागि यूकेबाट आफन्तजनले पठाएको रकमबाट बचत भएको करिब ७ लाख वन रहेको छ ।
त्यसपश्चात कोषमा ‘नकै फुँ’ चलचित्र प्रदर्शनबाट हुने आम्दानि थपिने तमु धीँ दक्षिण कोरियाका महासचिव प्रितम गुरुङ्ले जानकारी दिनुभयो । गुरुङ्को अनुसार रहात कोष जो कोही नेपाली कोरियामा भव्यतव्यमा पर्दा सहयोग गर्ने हेतुले स्थापना गरिएको हो ।
भाषा, संस्कृति र कलाको संरक्षण तथा संवद्र्धन गर्ने हेतुले पनि तमु धीँ दक्षिण कोेरियाको आयोजनामा कोरिया स्थित सोलको झोगेसा गुम्बामा सो अचलचित्र प्रदर्शन हुँदैछ ।
चलचित्र प्रदर्शनको लागि दोङ्देमुन, सुवन लगायतका शहरहरुमा पोस्टर टाँस्ने, हल व्यवस्थापन, टिकेट बिक्री बितरण तथा प्रचार प्रसार भईरहेको चलचित्र प्रदर्शन संयोजक सुनिल गुरुङ्ले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत हुन सफल बरिष्ठ गुरुङ् चलचित्र निर्देशक तथा कलाकार माओत्से गुरुङ्द्धारा निर्देशित उक्त चलचित्रमा विदेशिएका युवाहरुको कथा उतारिएको छ ।
गुरुङ् संस्कृतिमा आधारित चलचित्र भए पनि सवटाईटल नेपालीमा भएकाले चलचित्र सबै नेपालीहरुले हेर्न सकिने संयोजक गुरुङले जानकारी दिनुभयो । साथै सम्पूर्ण कोरियामा रहेका नेपालीहरुलाई सो चलचित्र हेर्न आईदिन समेत गुरुङ्ले अुनरोध गर्नुभयो ।
कोरियमा गुरुङ् घर व्यवस्थापन समिति गठन
कोरियामा विभिन्न आपत विपतमा परेका नेपालीहरुलाई आवस र तमु धीँ दक्षिण कोरियाको कार्यालय व्यवस्थापनको लागि भविष्यमै सञ्चालन गरिने ‘गुरुङ् घर’ को लागि व्यवस्थापन समिति गठन भएको छ ।
तमु धीँ दक्षिण कोरियाको अध्यक्ष सुरज गुरुङ्को अध्यक्षतामा मार्च १ गते आईतबार सोलमा बसेको बैठकले संस्थाका सल्लाहकार बेल गुरुङको संयोजकत्वमा गुरुङ् घर व्यवस्थापन समिति गठन गरेको हो ।
सो समितिमा तमु धीँ दक्षिण कोरियाका सम्पूर्ण कार्यसमिति एवं थेगु, किमे, बुसान, आनसान, मासन, खजिदो लगायतका क्षेत्रीय अध्यक्षहरु, विभिन्न जिल्ला स्तरीय संस्थाहरुमा गुरुङ् समुदायबाट अध्यक्षको प्रतिनिधित्व गर्नुहुने र कोरियामा व्यापार व्यवसाय सञ्चालन गरेर बस्नुभएका सम्पूर्ण गुरुङ् व्यवसायीहरु रहेको छ ।
समितिले ‘गुरुङ् घर’को व्यवस्थापनको लागि कोठा व्यवस्था, अर्थ सङ्कलन लगायत दिर्घकालिन व्यवस्थापनका लागि योजनाहरु तर्जुमा गर्ने बताईएको छ ।
त्यस्तै आईतबारै सम्पन्न तमू धीँको बैठकले अगामी कोरियाली महान चाड छुसकको दोस्रो दिन सेप्टेम्बर २७ तारिख आईतबार ‘रोधी सांगीतिक सौगात भाग–३’ आयोजना गर्ने गरी नेपाली सम्पर्क समिति (एन.सि.सि.) मा निवेदन दिने निर्णय समेत गरेको छ ।

0 comments
Write Down Your Responses