कोरियामा हामी नेपाली कन्सर्टले '' बुद्ध नेपालमा जन्मेको '' प्रचार गर्ने
रमेश खावाजु ,दक्षिण कोरिया
आउदो बुद्ध जयन्तिको अवसर पारेर मे २४ तारिकमा सेभ नेपाल फुटबल फाउण्डेसनले सउलमा बृहत सांकृतिक कार्यक्रम '' हामि नेपाली '' कार्यक्रम गर्ने भएको छ l
राजधानी सउलको छाम्सिलको जिम्न्यास्टिक ग्राउण्डमा हुने हामी नेपाली कार्यक्रममा कोरियाका बिशिष्ट ब्यक्तिहरुको पनि उपस्थिति हुने भएकोले कार्यक्रमको मुख्य नारा " बुद्ध नेपालमा जन्मेको हो " रहेको छ l कार्यक्रममा नेपालबाट सु-प्रसिद्दा कलाकारहरु १९७४ एडी ब्याण्ड ,,नेपाली तारा २०१५ का बिजेता ,गायिका इन्दिरा जोशी ,मिस नेपाल सदिक्षा श्रेष्ठ ,रयाप गायक गिरिश खतिवडा , मिस राजधानी २०१० परिना राई ,डिजे शिशिरको प्रस्तुति रहनेछ l
नेपाली फुटबल क्षेत्रको विकास संग संगै विश्वमा नै भगवान् बुद्ध भारतमा जन्मिएको हो भनी फैलिएको भ्रमको अन्त्य गरी "गौतम बुद्ध नेपालमा जन्मिनु भएको हो " भन्ने सत्य तथ्य लाई प्रचार गर्ने यस कार्यक्रमको मुल उदेष्य रहेको संस्थाका अध्यक्ष आङ टेण्डी शेर्पा बताए । अध्यक्ष शेर्पाले कार्यक्रममा नेपाली कला संस्कृति झल्किने गरी गुरूङ,नेवारी,मगर,तमाङ,शेर्पा,राई/लिम्बु आदि ईत्यादीहरुको स्थानीय नृत्यहरुको पनि बिशेष प्रस्तुति रहने पुन बताए ।
द.कोरियामा नेपाली कला संस्कृति झल्किने यस सांगितीक कार्यक्रममा कोरियाको प्रमुख टिभी च्यानल एमबीसी ले पनि प्रसारण गर्ने संस्था बताए । हामी नेपाली कार्यक्रमको कोरियामा मेडिया पार्टनरमा नेपाली वेब टिभी ,हेल्लो नेपाल कोरिया डट कम ,फ़ोनिज कोरिया डट कम ,नमस्ते नेपाल कोरिया डट कम ,नेपाल कोरिया न्युज डटकम रहेका छन् l त्यस्तै गरि नेपालमा कान्तिपुर टिभी ,साप्ताहिक ,वेब म्यागजिन मेडिया पार्टनर रहेका छन् l
नेपाललाइ विश्व सामु चिनाउन सकिने मौका नगुमाउन तथा कार्यक्रम सफल पारी दिनु हुनको लागि संस्थाले कोरियाबासि नेपालीहरूमा अनुरोध गरेका छन् l

0 comments
Write Down Your Responses