किरात राइ यायोख्खाको साखा कमिटी गठन

     रोशन राइ,सोल ।
                  
               किरात राई यायोख्खा दक्षिण कोरियाको वुसान साखा कमिटी रबिन राईको अध्यक्षतामा गठन गरिएको छ । 

        किराया दक्षिण कोरियाको केन्द्रीय उपाध्यक्ष बाल कृष्ण बान्तावा ,सचिव रोशन राई को बिशेष उपस्थितिमा मार्च २२ आइतबारको दिन बूसानको लिटल इन्डिया नेपाली रेस्टुरामा सम्पन्न भएको बैठकले ११ सदस्यीय कमिटी गठन गरेको हो । 
     
       बूसान्, उल्सान्, याङ्सान्, थेगु आसपासको क्षेत्रबाट आएका राई समुदाय हरुको बाक्लो उपस्थितिले रबिन राईलाई अध्यक्ष , मिलन किराती र आनन्द राईलाई उपाध्यक्ष ,बिनोद बान्तावालाई सचिव्, कोषाध्यक्षमा दिवश राइ, साथै सदस्य हरुमा क्रमश: सुरेन बान्तावा, सजिन राई, अमर राई, सुजित राई, र श्याम राईलाई सर्वसम्मतिले चयन गरेका हुन । 
    दक्षिण कोरियामा छरिएर रहेका सम्पूर्ण राई बन्धुहरुलाई एकत्रीत गर्दै आफ्नो सस्कार्, सस्कृतिको सरक्षण गर्ने मुख्य उद्धेश्यले दिनको ठिक ३ बजेबाट सुरु भएको बैठक अपराह्न ५:३० बजे सम्पन्न भएको थियो ।

0 comments

Write Down Your Responses

-->