एप्रिल १२ मा ‘जाउँ हिँड पोखरा’को प्रदर्शन हुँदै

सोल–कोरिया, १३ मार्च । नोमराज गुरुङ्

स्याङ्जा परिवार दक्षिण कोरियाले अगामी एप्रिल १२ तारिखमा चलचित्र ‘जाउँ हिँड पोखरा’ प्रदर्शन गर्ने भएको छ ।


‘हाम्रो स्याङ्जा घर’ दिर्घ कालिन रुपमा सञ्चालन गर्ने र विदेशमा थकित मनलाई मनोरञ्जन दिने उद्देश्यले सोलको जोङ्गरो कुमिन ह्वोग्वान (दोङ्गदेमुन) मा चलचित्र प्रदर्शन गर्न लागिएको संस्थाका  अध्यक्ष धर्म गुरुङले जानकरी दिनुभयो ।

गएको डिसेम्बर महिनामा परिवारले आफ्नो वार्षिक क्यालेण्डर सार्वजानिक गर्दै एप्रिलमा चलचित्र प्रदर्शन गर्ने जनाएको थियो । सोही क्यालेण्डर तालिका अनुसार एप्रिल १२ तारिख आईतबारका दिन ‘जाउँ हिँड पोखरा’ प्रदर्शन गर्ने तयारी गरिएको हो ।

चलचित्र प्रदर्शनको तयारी अन्तर्गत पोस्टर, टिकट छपाई तथा प्रचार प्रसारको काम भईरहेको परिवारका सचिव कुमार थापाले जानकारी दिनुभयो । थापाका अनुसार विभिन्न संघ–संस्थाहरुलाई पनि पत्राचारको लागि निमन्त्रण कार्ड छपाई अन्तिम चरणमा पुगेको छ । त्यस्तै चलचित्रको लागि निर्माण पक्षसँग मौखिक रुपमा सम्पूर्ण सम्झौता भईसकेको छ ।

सोभित बस्नतेद्धारा निर्देशित चलचित्र ‘जाउँ हिँड पोखरा’ कोरियामा पहिलो पटक ‘भर्जिन सो’ (पहिलो प्रदर्शन) गर्न लागिएको हो । भर्खरै छायांकन सकिएर सम्पादनमा रहेको यो चलचित्रमा रेखा थापा र जीवन लुँईटेलको मुख्य अभिनय रहेको र विशुद्ध प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।

‘जाउँ हिँड पोखरा’ चलचित्र हेरि मनोरञ्जन लिन र संस्थाले सोलमा सञ्चालनमा ल्याएको ‘हाम्रो स्याङ्जा घर’ लाई सहयोग गरिदिनुहुन समेत परिवारले अनुरोध गरेको छ ।

एप्रिल १२ गते चलचित्र हेर्न जानको लागि लाईन नम्बर १. दोङ्गादेमुन स्टेशन, ३ नम्बर गेट र लाईन नम्वर १÷६ दोङ्गम्यो स्टेशन गेट नम्वर ८÷९ हुँदै जान सकिने आयोजकले जानकारी दिएको छ ।

0 comments

Write Down Your Responses

-->