नेपालका अटिजम बालबालिकाहरुको लागि कोरियाका नेपालीमा चासो

सपना अधिकारि ,सउल,
    नेपालमा अटिजम बालबालिकाहरु लाई शिक्षा र  रेखदेख गर्दै आएको एक संस्था प्रति कोरियामा रहेका नेपालीहरुले चासो देखाएका छन ।यसरि काम गदै आएको  बिषेस स्कुल तथा पुनर स्थापना केन्द्र (SSDRC) प्रति कोरियामा रहेका नेपालीहरुले चासो देखाएका हुन । नेपालकै एक मात्र अटिजम बालबालिकाहरु लाई आश्रय, शिक्षा र रेखदेख गर्दै आएको उक्त संस्थाको बिभिन्न संचार माध्याममा समाचार आएपछि स्वस्फुर्त रुपमा कोरियाका समाजसेबि नेपालीहरुले चासो देखाएका हुन ।

  नेपाली चेलि समाज दक्षिणकोरिया कि अध्क्ष्य तथा संचारकर्मी मन्जु गुरुङ्ग ,समाज सेबि तथा ठकुरि समाजकोरियाका निवर्तमान अध्क्ष्य बिक्रम ठकुरि तथा  संचार कर्मि सपना सुनवार  लगायतले नेपालमा अटिजम बालबालिकाहरुका लागि  काम गर्दै आएको बिषेस स्कुल तथा पुनर स्थापना केन्द्र (SSDRC) समन्धि छलफल गर्न एक भेलाको आयोजना गरेका छन । मार्च २२ तारिख आईतबार दिनको १२ बजे  कोरियाको सुवन क्षेत्रमा रहेको कसम रेस्टुरेण्टमा उक्त भेला गर्न लागिएको हो ।
उक्त  भेलामा  बिषेस स्कुल तथा पुनर स्थापना केन्द्र (SSDRC) समन्धि जानकारि र आवश्य सल्लाह सुझाव लिन र दिन सकिने समाज सेबि बिक्रम ठकुरिले बताए ।
आवश्यक जानकारिका लागि मन्जु गरुङ्ग - ०१०२६६५३९९५,बिक्रम ठकुरि-०१०८६८९३३३६, सपना सुनवार-०१० ४६८४८९८४ तथा मिनप्रकाश उप्रेती -०१० ५५७९९६४३ मा सम्पर्ग गर्न सकिने समाचारमा जनाईएको छ ।
अटिजम भनेको केहो ?
अटिजम जन्मजात हुने, नशा र तन्तुको बिकासको क्रममा आएको असामानताको एउटा रुप हो। जसलाई “Neuro development Disorder” भनिन्छ । अटिजम भएका ब्यक्तिलाई संञ्चारको बिचलन , सामाजीक रुपमा घुलमिल हुन र व्यवहार गर्नमा कठिनाई हुने र कल्पना शक्तिको लचकता कम हुने जस्ता कठिनाईहरु हुन्छन्। यी तीन बिशेष मूल समस्या हरेक अटिजम भएका व्यक्तिहरुमा देखा पर्दछन् ।
यस्ता प्रकारका बालबालिकाहरुलाई सहयोग गर्दै आएको  संस्थाको नाम हो बिषेस स्कुल तथा पुनर स्थापना केन्द्र (SSDRC) ।

0 comments

Write Down Your Responses

-->