कोरियामा फेरी एक नेपालीले गरे आत्महत्या

नमस्ते नेपाल कोरिया संवाददाता 
१३ मार्च
 इपिएस मार्फत कोरिया आएका एक नेपाली कामदारले  शुक्रबार बेलुका आत्महत्या गरेका खवर प्राप्त भएको छ ।

८ महिना अघिमात्र कोरिया आएका मोरङ बेलबारी स्थित गोठगाँउ का २३ वर्षिय सुरेश नेपालले  आफु बस्ने कोठा नजिकैको रूखमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

मृतक  छंजु स्थित एक गाई फार्ममा काम गर्दै आएका थिए । उनले भखर्रै १२ कक्षा पास गरेर इपिएस मार्फत कोरिया आएका थिए । अत्महत्या के कारणले भएको हो भन्ने कुरा बुझ्न डाइनामिक मोरङका अध्यक्ष डा. देवी बहादुर बस्नेत र दुताबासका श्रमसहचारी अनिल गुरुङ घटनास्थलमा पुगेका छन् ।

कोरियामा गत फेब्रअरी २० मा मात्र झापा धुलाबारी ६ का २५ वर्षिय छविलाल भण्डारीले आत्महत्या गरेका थिए । कोरियामा आत्महत्या गर्ने नेपालीको संख्या झन् झन् बढी रहेको छ । गएको २ महिना भित्रमात्र ५ नेपालीको कोरियामा मृत्यु भइसकेको छ ।

0 comments

Write Down Your Responses

-->