काेरियामा मनाेबीद श्रेष्ठले तनाब मुक्त भई सफल जिबन जिउने कला सिकाउँदै

कृष्ण शर्मा , कोरिया  
दक्षिण कोरिया दक्षिण काेरियामा नेपाली कामदार हरुको माग बढदो रहेकाे छ ।नेपालीहरूकाे माग सगै नेपाली युबाहरूमा मानसिक तनाब शारिरीक पिडा महसुस हुने , भाषाको समस्या, कामको प्रकृति बारे थाहा नहुनु, सांस्कृतिक फरकपनका कारणले आत्महत्या गरि मृत्यु हुनेकाे सङख्या दिन दिनै बढेकाे छ । मानसिक पिडामा रहेका हाेनाहर युबाहरू मनोवैज्ञानिक शिक्षाको कमिले आत्महत्या गर्न बाध्य बनेका याे बिकारल अबस्थामा काेरियामा " हाम्रो जीवन हाम्रो सोच" कार्यक्रमका कारण धेरै नेपालीहरू ले नयाँ जिबन पाईरहेका छन । "हाम्रो जीवन हाम्रो सोच" का निर्देशक उत्प्रेरक वक्ता तथा मनोबिद राज संसार श्रेष्ठले काेरिया लगाएत अन्य देशहरूमा तनाब मुक्त भई सफल जिबन जिउने कला सिकाउँदै अाउनुभएकाे छ । बिगत लामो समय देखि मनोविज्ञानको क्षेत्रमा गहन अध्ययन अनुसन्धान तथा विभिन्न प्रयोगहरु पनि गर्दै आउनुभएको छ । उहाँले भन्नुभयाे- काेरियामा मानसिक पिडामा बाँचिरहेका धेरै नेपालिहरू तथा अन्य देशमा रहेका नेपालीहरू याे कार्यक्रममा सहभागी भई जिबनमा जीवन जिउने कला (Art of living), स्वनेतृत्व बिकास(self leadership),अनिद्रा ,एक्लोपना महसुस , मानसिक पिंडा, आत्महत्या को सोच,आत्मबलको कमजोरी ,आत्मग्लानी, डराउने ,नकारात्मक सोच लागायत मानसिक तनाब बाट मुक्त भई जिबनमा खुसि सुखी र सफल जिबन जिईरहनुभएकाे बताउनु भयाे । श्रेष्ठ जिबनमा Internal Human Mind Software Engineering system बिकाश निर्माण गर्नको निम्ति आफ्नो जीवन यसैमा लगाउदै आउनुभएको छ । भने नेपाल , भारत, कोरिया लगायत विभिन्न देशहरुका विभिन्न शहरहरुमा motivational speech, self development seminar ,लगायत स्वानेतृत्व बिकास तथा तनाब ब्यबस्थापन प्रोयोगात्मक प्रशिक्षण"" पनि दिदै आउनुभएको छ । काेरियामा रहेका संघ संस्थाहरूले पनि मनोवैज्ञानिक शिक्षाको कमिले आत्महत्या बढेको औल्याएका छन । यस्तै उत्प्रेरक वक्ता तथा मनोबिद राज संसार श्रेष्ठले  काेरियामा  नेपालीहरू मानसिक तनाब मुक्त रहन सक्ने मनोवैज्ञानिक शिक्षाकाे कमीका कारण नेपालीहरुले बिगतमा पनि धेरैले आत्महत्या गरेकाे पाईएकाे छ । गत फ्रेबुअरीमा दुईजनाले आत्महत्या गरेको तथ्यांक छ l

कोरियामा   मनोबिद राज संसार श्रेष्ठलाई  धेरैं युवाहरुले एक सकारात्मक सोचको प्रवाह गर्न सक्ने व्यक्ति रुपमा चिन्छन् । ईपिएस मार्फत सन् २०११ मा कोरियामा आउनुभएका श्रेष्ठले ४ बर्ष बिताइ सक्नुभएकाे छ । मजदुरीको क्रममा १४/१५ घण्टा कठोर काम गदैं पनि आफुलाई सधैं चिन्ता, तनावमुक्त राख्न सफल र साथीभाइहरुलाई सधैं सकारात्मक सोंच विकास गराउन प्रेरणा दिइरहनुभएकाे छ । उहाँले भन्नुहुन्छ:- 'मेरो कामलाई म सम्मान गर्दछु ।' १४/१५ घन्टा लामो कडा कामका बाबजुद पनि सकारात्मक सोचका साथ फुर्सदको समयलार्इ सदुपयोग गरि कोठामा बसेर अनलाइन मार्फत Internal Human Mind Software Engineering ( IHMSE) System Develop मा स्वअध्ययन अनुसन्धान गर्दै आएकाे छु । श्रेष्ठ जीले बिगत दुई बर्ष देखि भने सकारात्मक सोचयुक्त 'हाम्रो जिबन हाम्रो सोच' कोरियाबाट प्रसारण हुने अनलाइन भिडियो कार्यक्रम पनि निर्देशन गर्दै आउनुभएकाे छ। यहि बर्ष जनवरी २४ तारिख बाट २१/२१ दिने अनलाइन प्रयोगात्मक (इन्नर स्क्यानिंग) इन्नर टच प्रोग्रामको सञ्चालन पनि गर्दै अाउनुभएकाे छ । दक्षिण कोरियामा रहेका धेरै नेपालीहरु मानसिक तनाब ब्यबस्थापनको अभावले आत्महत्या गरिरहेको र यस्तो विकराल समस्यालार्इ यो कार्यक्रमले धेरै सहयाेग गरेकाे छ । भिडियोमार्फत सल्लाह सुझाव दिएर सुल्झाउने प्रयास स्वरुप कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयाे । विशेष गरी जीवनलाई सकारात्मक बाटो तर्फ डोराउन ,व्यक्ति व्यक्तिको सकारात्मक सोच, विचार र प्रतिभाहरु लाई एउटा मञ्च दिन,जीवन जिउने कलाको विकास गर्न ,जीवनलार्इ आनन्दित बनाउन र नबिनतम सोच र खोज ल्याउनको लागि 'ईन्नर स्क्यानिंग'को धारणा लिएर आफु प्रस्तुत भएको राज जि बताउनुहुन्छ । आफु कोरियामा भएकाले कोरियाको कामको चाप,भाषिक समस्या, कोरिएनको गाली आदि बारे नजिक बाट नियालीरहेका व्यक्ति भएकाले त्यस्ता समस्याबाट कसरी बच्ने भन्ने बिषयको उहाँको कार्यक्रमले तपाईको लागि अचुक औषधी मिल्नेछ । इन्नर स्क्यानिंग इन्नर टच कार्यक्रममा विश्वको विभिन्न देश नेपाल ,कोरिया ,हंगकंग, मलेसिया ,कतार, दुबाई,साउदी अरब, अस्ट्रेलिया,लण्डन ,अमेरिका , इजरायल लगायतका देशहरुबाट १३००० भन्दा बढी प्रत्यक्ष अप्रत्यक्ष रुपमा यो कार्यक्रममा सामेल हुदै आइरहनुभएको छ भने प्रत्यक्ष रुपमा ७०० जना भन्दा बढी र दैनिक ५०/६० जना सहभागि भई पूर्ण तथा आंशिक रुपमा लाभान्वित हुदै आइरहनु भएको छ l सहभागी भएका अनुप श्रेष्ठ लगाएतले धेरैले यसाे भन्नुहुन्छ, मानसिक पिडा बाट मुक्त हुदै: -पहिला म बढि रिसाउने, डराउने, मन दुखाएर बस्ने, डाह गर्ने, छिटै कुनै कुराको जबाफ दिने, गलत मान्यता, सोचाई, गलत कुरामा ध्यान हुने थियाे । म अहिले :-म को हुँ आफ़ुलाइ चिने, आफुमा खुसि हुन सिके, जुनै कुरालाई हेर्ने दृष्टिकोण मेरो सोचाई संकुचित बाट बृहत भएको छ, एकदम आत्माबिश्वास बढेको छ, सोच सकारात्मक व्यवहार बानी को विकास भएको छ, टुट्यो सब गलत मान्यता, ध्यान मा बस्न सक्ने l नया नया कुरा सिक्ने उत्साह बढेको छ ।आफुमा भएको उर्जा लाई चिनेको छु र जीवनमा सफल हुनको लागि अगाडी बढिरहेको छु l मनाेबिद राज संसार श्रेष्ठले हरेक दिन बेलुका कोरियन समय अनुसार ८.३० बजेदेखि ११ बजे सम्म कार्यक्रम सञ्चालन गदैं अाउनु भएकाे छ । तपाईं पनि सो कार्यक्रममा skype मा I.T.P123 add गर्नुहोस add गर्दा 21 days experimental Inner Scaning Inner Touch आउँछ। वा Hamrojiwan1@gmail.com लाई add गर्नूहोस hangout बाट पनि सहभागी हुन सक्नुहुनेछ । हाेला । skype मा I.T.P123 add गर्नुहोला।add गर्दा 21 days experimental Inner Scaning Inner Touch आउँछ। वा Hamrojiwan1@gmail.com लाई add गर्नूहोस hangout बाट पनि सहभागी हुन सक्नु हुनेछ । हाे जे हुनु छ हुन्छ नै ! भएका कुरामा पछुताएर रुनु छैन । बरु सिक्नु छ र जिउनु छ । जिन्दगीमा सकिन्छ भने केही राम्रो काम गराै । "जय स्वाभिमान"

0 comments

Write Down Your Responses

-->