मिल्ती आयोजनाका लागि ७ करोड रुपैयाँको प्रतिबद्धता

नमस्ते नेपाल कोरिया संवाददाता
 सानो मिल्ती खोला हाइड्रोपावर आयोजनाको लगानीका लागि कोरियामा रहेका नेपालीले आइताबारसम्ममा  ७ करोड लगानी गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन |

 ३ मेगावाट क्षमता भएको सो आयोजनामा लगानी गर्न दुई हप्तामा ७ करोड रुपैयाँको प्रतिबद्धता यहाँ कार्यरत नेपाली कामदार र ब्यबसायीले ब्यक्त गरेका हुन् |ग्लोबल नेपाली इन्भेस्टमेन्ट कम्पनीको मातहतमा रहेको उक्त आयोजनाका लागि कोरियाबाट १५ करोड रुपैयाँ संकलन गर्ने लक्ष राखिएको छ | आयोजना लागत ४५ करोड रुपैयाँको लागतमा बन्न लागेको हो  |
सोल ग्लोबल सेन्टरमा आइतबार भएको सेमिनारमा एकैदिन ३ करोड रुपैयाँको प्रतिबद्धता संकलन गरिएको थियो  | सेमिनारमा उपस्थित  १ सय लगानीकर्ताले ३ करोड रुपैयाँको प्रतिबद्धता ब्यक्त गरेका थिए  |यसअघि दाङ  ,थेजन , थेगु ,उल्सान बुसान ,छांगवान लगायतका शहरहरुमा भएको अन्तरकृयाबाट ४ करोड रुपैयाँको प्रतिबद्धता आइसकेको छ | बाँकि ८ करोड मार्चमहिना भित्र संकलन गरिने बताइएको छ |
 सेमिनारमा कोरियाका लागि नेपाली कार्यबाहक राजदूत राजाराम बर्तौलाले  लगानीकर्ताको उत्साहजनक उपस्थिति देखेर आफुलाई नेपालको भविष्य सुन्दर छ भन्ने बिश्वास लागेको बताए | 'सहयोग ,दान,अनुदानले देश बन्दैन नेपाल नेपालीकै परिश्रमले बन्ने  हो' उनले  भने ' २०१३ सालदेखि खरबौं सहयोग उपदान पायौं तर अझै मुलुक बनेको हामीले देखेका छैनौं|'
प्रमुख अतिथि समेत रहेका बर्तौलाले नयाँ नेपाल बनाउने जिम्मेवारी हाम्रै काँधमा रहेको  बताए | 'आफ्नो लागि लगानी गर्दा सन्ततिको लागि र अन्तत मुलुककै लागि हुन्छ, बर्तौलाले भने ' देशको श्रोत साधन वास्तविक जनताको पहुँचसम्म पुर्याउनु नै लोकतन्त्रको सुन्दर पक्ष हो |' सो आयोजनामा  आफुले पनि लगानी गर्ने जानकारी दिए |
सेमिनारको अध्यक्षता गरेका ग्लोबल नेपाली इन्भेस्टमेन्टका अध्यक्ष तेन्जी शेर्पाले आयोजनाको बिबिध पक्षबारे प्रकाश परेका थिए |उनले नेपालमा ४ हजार मेगावाटभन्दा बढी बिद्युत आवश्यकता रहेको औल्याए |सानो मिल्ती खोलाको आयोजना   २ बर्ष ६ महिनामा पुरा हुने आयोजना कानुनी तथा  स्थानीय समस्या नभएको उनको कथन थियो |
अध्यक्ष शेर्पाले लगानीकर्ताले ५०/५० प्रतिशतका दरले २ किस्तामा बुझाउन सक्ने र शेयरको पहिलो किस्ता मार्चको अन्तिम र दोश्रो किस्ता मे महिनाको १५ भित्र बुझाउनुपर्ने जानकारी दिए | |
सेमिनारमा ग्लोबल नेपाली इन्भेस्टमेन्टका निर्देशक सुरेश सुब्बाले आयोजनाको नेपाल र कोरियामा भइरहेको गतिविधि प्रकाश परेका थिए भने कोपिलदेव न्यौपानेले स्वागत मन्तब्य दिएका थिए |
३ मेगावाट क्षमता भएको सानो मिल्ती खोला रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्दछ |ग्लोबल नेपाली इन्भेस्टमेन्ट कम्पनिको मातहतमा रहेको उक्त आयोजनाको औसत ४५ करोड रुपैयाँ लागत रहेको र यसको ७० प्रतिशत लगानी बैंकिङ क्षेत्रबाट हुने प्रोजेक्टको निर्माण कार्य आउँदो कार्तिक महिनादेखि शुरु हुने जनाइएको छ |
कन्स्ट्रक्सन सकिए लगतै केन्द्रीय प्रसारणमा जोडिने सो आयोजनामा लगानी गर्ने शेयरदाताले उत्पादन शुरु भएको ५ बर्ष सम्म २० प्रतिशत र छैटौं बर्षदेखि २५ बर्षसम्म ६० प्रतिशत लाभांश पाउने जनाइएको छ |
बैंकिङ ऋणको व्यवस्था
कोरियामा रहेका नेपालीहरुबाट संचालन गर्न लागिएको उक्त परियोजनाका लागि कोरियाको एक बैंकले कामदारलाई ऋण उपलब्ध गराउने भएको छ । बार्षिक ५ देखि ६ प्रतिशत ब्याजदरमा पाइने ऋण कामदारले मासिक किस्ताबन्दिमा १ बर्ष भित्र बुझाउन सक्ने व्यवस्था मिलाएको छ ।
३० देखि ५० लाख वनसम्म दिइने ऋण आयोजनामा मात्र प्रयोग गर्न पाइने प्राबधान राखिएको छ |यसका लागि कामदारको भिषा अवधि दुइ बर्षको हुनुपर्ने जनाइएको छ |
बिस्तृत जानकारीको लागि
कोपिलदेव न्यौपाने-01059347429
यम श्रेष्ठ -01043759222
हरि श्रेष्ठ -01048376525
 नेत्र दुलाल -01064648357
खेम कार्की -01064533050
 दिपेन्द्र अधिकारी -01046299563       

0 comments

Write Down Your Responses

-->