अनुहार जलेकी संगीता र जिब्रो बिरामी समीरलाइ कोरियाबाट सहयोग संकलन चलाइने
सि.पी.मगर ,कोरिया
काठमाडौँ बसन्तपुरमा अज्ञात नकाबधारी समुह द्वारा तेजाव(एसिड) प्रहार बाट सख्त घाइते बनेकी संगीता पुलामी मगर र दाङका जिब्रो बिरामी समीर सिंजाली मगर सहयोगार्थ दक्षिण कोरियामा आर्थिक संकलन अभियान चलाइने भएको छ।
मगर अगुवा सक्रिय युवा द्वय हिक्मत पुलामी मगर र राजु रास्कोटी मगरको बिशेष पहल साथै नेपाल मगर संघ दक्षिण कोरियाको संयोजनमा कोरियामा अभियान चलाइन लागेको हो।
रामेछाप बाट काठमाडौँ आई चैत्र महिनामा हुन गइरहेको एस एल सी परीक्षाको तयारी गरिरहेकी संगीताको उपचार नेपाल सरकारले गरिदिने भए पनि पारिवारिक आर्थिक अवस्था नाजुक रहेकोले पढाई तथा भविष्य खर्च स्वरुप आर्थिक सहयोग गरिने र दाङ हाँसिपुरका समिर सिंजाली मगरको जिब्रोको रोग पत्ता नलागी आर्थिक अभावमा उपचार हुन नसकेकोले संयुक्त रुपमा आर्थिक संकलन अभियान सञ्चालन गर्न लागिएको अभियानका प्रमुख हिक्मत पुलामी मगरले जानकारी दिनुभएको छ।
त्यसै गरी संगीता पुलामी मगरको आर्थिक उपचार सहयोगार्थ कोरियामा रहेका भोजपुरे मगर युवा रमेश पुलामी मगरको पहलमा रु.५० हजार संकलन भइसकेकोले सो रकम पनि अभियानमै जम्मा गरी नेपाल मगर संघ दक्षिण कोरियाको मातहत बाटै नेपाल पठाइने मगर अगुवा तथा बुद्धिजीवी भलमान पुलामी मगरले जानकारी दिनुभएको छ।मानवताको नाताले सम्पूर्ण कोरिया तथा देश बिदेशमा रहनुहुने नेपाली महानुभावहरुले सहयोग गरिदिनु हुन नेपाल मगर संघ दक्षिण कोरियाको तर्फबाट बरिष्ठ उपाध्यक्ष खड्ग थापा मगरले हार्दिक अनुरोध गर्नुभएको छ।
कोरियाको लागि सहयोग सम्पर्क
हिक्मत पुलामी मगर 010-2747-6329
राजु रास्कोटी मगर 010-2155-5099
AC NO- 620 209 167 046 RASKOTI RAJU 한국 외환 운행 KEB BANK

0 comments
Write Down Your Responses