कोरियामा मिल्ती खोला हाइड्रोपावर लगानीबारे सेमिनार हुने

देबेन्द्र सम्बाहाम्फे ,कोरिया 
 सानो मिल्ती खोला हाइड्रोपावर पावर आयोजनाको लगानीबारे सेमिनार हुने भएको छ | सोलमा आगामी आइतबर हुने सेमिनारमा ग्लोबल नेपाली इन्भेस्टमेन्टका निर्देशक तेन्जी शेर्पाले आयोजनाको बिस्तृत बिबरण प्रस्तुत र सह निर्देशक सुरेस सुब्बाले हालसम्मको प्रगति बिबरण प्रस्तुत गर्ने छन् |


३ मेगावाट क्षमता भएको सो हाइड्रोपावर यहाँ कार्यरत नेपाली ब्यबसायी र कामदारहरुको लगानीमा संचालन हुन लागेको हो  | आयोजना रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्दछ |२ बर्ष ६ महिनाभित्र उत्पादन शुरु गर्ने लक्षसहित शेयर संकलन गर्न लागिएको हो |


सोल छोङगाकको ग्लोबल सेन्टरको चौथो तलामा हुने सिमेनारमा शेयर आवेदन फारम भर्न सकिने छ | आवेदकले नागरिकताको फोटोकपि र २ प्रति फोटो लिएर आउनु पर्ने जनाइएको छ |न्युनतम शेयर १ लाख १० लाख रुपैयाँको किन्न सकिने छ | ५०-५० प्रतिशतका दरले २ किस्तामा बुझाउन सकिने शेयरको पहिलो किस्ता मार्चको अन्तिम र  दोश्रो  किस्ता मे महिनाको १५ भित्र बुझाउनु पर्ने जनाइएको छ |


ग्लोबल नेपाली इन्भेस्टमेन्ट कम्पनिको मातहतमा रहेको उक्त आयोजनाको  डीपीआर भइसकेको छ भने  पिपिए प्रकृयामा रहेको छ | औसत ४५ करोड रुपैयाँ लागत रहेको र यसको  ७० प्रतिशत लगानी बैंकिङ क्षेत्रबाट हुने प्रोजेक्टको  निर्माण कार्य आउँदो कार्तिक महिनादेखि शुरु हुने जनाइएको छ |


कन्स्ट्रक्सन सकिए लगतै केन्द्रीय प्रसारणमा जोडिने सो आयोजनामा लगानी गर्ने शेयरदाताले उत्पादन शुरु भएको ५ बर्ष सम्म २० प्रतिशत र छैटौं बर्षदेखि २५ बर्षसम्म ६० प्रतिशत लाभांश पाउने छन् |


कार्यक्रम निम्न स्थान र समयमा हुनेछ :-

स्थान :- सोल ग्लोबल सेन्टरको चौथो तल्ला
 समय:- दिनको १ बजे
 ट्रेन लाईन :- १ नो ट्रेनको छोङगाक स्टेसन गेट नो ६

सम्पर्क नो :-
 सुरेश सुब्बा -01073549629

0 comments

Write Down Your Responses

-->