कोरियामा सालनालमा रोधी साँझ हुने
नमस्ते नेपाल कोरिया संवाददाता
कोरियनहरुको महान चाड सलनाल (कोरियान नयाँ बर्ष) को अवसरमा "स्वयम्भू रेस्टुरेन्ट" को प्रायोजनमा "रोधी ब्यान्ड" को विशेष सांगीतिक साँझ "रोधीं साँझ " को आयोजना गर्ने भएको छ।
"नेपाली रिति-रिवाजको जगेर्ना गरौं , नेपाली कला संस्कृतिलाई बिश्व सामु चिनाऔं" भन्ने नाराको साथमा कोरियाको विभिन्न स्थानमा आफ्नो प्रस्तुति दिईसकेका र आगामी प्रस्तुति दिने क्रममा यसपटक कोरियाको प्रसिद्ध शहर "सुवन" मा विगतको भन्दा केही पृथक ढंगबाट आफ्नो प्रस्तुति दिने तयारीमा रहेको रोधी ब्यान्ड का गायक तथा बाधबादक अर्जुन गुरुङ्ले बताउनुभयो । प्रवासी नेपालीहरुको बीच आपसमा सुखदुःख साटासाट गर्ने र विशुद्ध नेपाली संगीतमा स्वच्छ मनोरञ्जनको लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनुहुन्छ प्रायोजक तथा कार्यक्रम ब्यबस्थापक बुद्धि गुरुङ।
उपस्थित महानुभावहरुले ब्याण्डको लाईभ म्युजिकको साथमा आफ्नो ईच्छा अनुसारको गीत गाउन र सुन्न सक्नुहुनेछ, साथै विभिन्न मिस्ठान्न नेपाली परिकारहरु उपलब्ध हुनेछ। ब्याण्डको संगीत संयोजक दिलिप गुरुङ्ले, एउटै छाना मुनि नेपाली परिकार को साथमा मन छुने नेपाली गीत संगीतमा छमछमी नाच्न, गाउन र रमाउन कार्यक्रममा उपस्थितिको लागि कोरियाबासी सम्पुर्ण नेपालीहरुमा अनुरोध गर्नुभयो।
कार्यक्रम हुने स्थान तथा समय:-
मिति :- 2015 फेब्रुअरी, 19 तारिख
समय :- बेलुका 8 बजे देखि राति 4 बजे सम्म
स्थान : स्वयम्भु रेस्टुरेन्ट, सुवन (गेट नम्बर 9 देखि 50 मिटर)
थप जानकारीको लागि निम्नलिखित व्यक्तिहरुसँग सम्पर्क राख्न सक्नुहुनेछ -
बुद्धि गुरुङ :- 010- 4239-3305
अर्जुन गुरुङ : - 010-9294-2087
दिलिप गुरुङ : - 010-8686-7717

0 comments
Write Down Your Responses