नेपाल हाउसको लागि दश करोड वन संकलन अभियान नै किन ?
भक्त सेरचन (अध्यक्ष,नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया )
सम्पूर्ण कोरिया वासी बिभिन्न पेशामा आबद्द नेपाली दाजुभाई तथा दिदी बहिनीहरु !
अहिले कोरियामा हामी नेपाली समूदाय विच नेपाल हाउसको तातो वहस र माहोल बनिरहेको छ । साथै नेपाल हाउस दीर्घकालिन व्यवस्थापनको लागि सहयोगको ओईरो पनि लागि रहेको छ । नेपाल हाउस सम्बन्धि केहि लेख लेख्छु भनि धेरै पटक जमर्को गरें, तर पटक्कै कलम चलेन । चलोस् पनि कसरी ? म लेखक पनि होईन ।नयां बर्ष २०१५ जनवरी १ देखि ४ सम्म लामो छुट्टी थियो त्यति बेला पनि लेख्छु भनि कोशिस गरे त्यति बेला पनि कलम चलेन । तर आज मलाई कता कता जांगर चल्यो,केहि भएपनि यस बिषयमा लेख्छु भनि आंट चल्यो । कारण यो थियो कि, आज कम्पनीबाट काम सकेर सउल स्थित मेरो कोठामा करिव ८ बजे आई पुगें । सदा झै कम्प्युटर खोलें, सोझै फेशबुकमा मेरो आंखा पर्न गयो । त्यसमा लेखिएको एउटा शिर्षकले मेरो ध्यानाकर्षण गर्यो । त्यो थियो कोरियाको एउटा टापू जेजुडो जुन सउलबाट निक्कै टाढा रहेको छ । त्यस टापूमा रहनु हुने बहिनी सुभद्रा पलुन्ग्वा (लिम्बु) बाट नेपाल हाउसलाई एक लाख एकाउन्न हजार वन सहयोगले म अति प्रभावित भएं । यो नै नेपाल हाउस सम्बन्धि छोटो लेख लेख्ने प्रेरणाको श्रोत बन्यो । बिदेशी भूमिमा पुरुषलाई त त्यति सहज छैन त्यसमा पनि उहां नारी फेरि पनि हामी बाट यानकी सउलबाट निक्कै टाढा हुनुहुन्छ । र पनि उहांको सहयोगी भावनाको म यहां ब्याख्या गर्न नै सक्दैन । सहयोग चाहे त्यो ठूलो होस् या सानो ,त्यो संग सम्बन्ध होईन केवल हामीलाई अहिले सहयोगी हात, सहयोगी भावना र सहयोगी मन चाहिएको छ । सहयोग हामीलाई अहिले रकम प्रतिस्प्रर्धामा होईन सहयोगी भावना र मनको आवश्यक परेको छ । हजुरहरुको सहयोग पचास हजार वन मात्र किन नहोस् त्यो नै हाम्रो लागि ठूलो हुनेछ ।
भनिन्छ, असल काम गर्न स्पष्ट Vision छ भने सहयोग गर्ने हातहरु धेरै हुन्छन र सबैले साथ दिन्छन र ईश्वरले पनि शक्ति दिन्छन । यहि कुरो प्रमाणित हुदै गईरहेको छ । कोरियामा हामी नेपाली समूदाय बिच धेरै संघ संस्थाहरु छन जसमा, क्षेत्रिय संस्था ,जातिय संस्था ,धार्मिक संस्था र राजनितिका आफ्नै भातृ संगठनहरु छन । हरेक संस्थाले आ आफ्नै क्षेत्रमा चाहे त्यो नेपालमा होस् या कोरियामा अत्यन्तै राम्रा सामाजिक कामहरु गरि रहेका छन । त्यसमा कुनै दुईमत छैन । तर यति मात्रै फरक थियो कि हामी हिजोका दिनमा आफ्नो जिल्ला, क्षेत्र,जात र धर्म बिशेषलाई अलि बढि प्राथमिकता दियौं । तर आज हामी हिमाल देखि तराई सम्मका नेपाली,पुर्व मेची देखि पश्चिम महाकाली सम्मका नेपाली, यहि भित्र रहेको एक सय पच्चिस जाति नेपाली र यहि भित्र रहेको सम्पूर्ण भाषा र धर्मलाई समेटि हाम्रो साझा घर “नेपाल हाउस” निर्माणमा जुटेका छौ । यो लक्षमा पुग्न हामीहरु एकापसमा हातेमालो गरि अघि बढ्नुको बिकल्प छैन ।
हिजोका दिनमा हामी यहि कोरियाली भूमिमा पुष्पा बस्नेतलाई सि एन एन हिरो बनाउन एक भयौं र बनायौ पनि। त्यस्तै तरिया फौजा मगरलाई डि आई डी लिटल मास्टर बनाउन पनि हामी एक भयौ र सफल भयौ । त्यस्तै अनिश खालिङ राई बचाउ अभियान, शेरफ गुरुङ बचाउ अभियान र बिज्ञान राई बचाउ अभियान कार्यक्रममा एकजूट भयौ र ठूलो रकम यहि कोरियाली भूमिमा रहेका नेपाली समुदायबाट संकलन गर्न सफल भयौ ।
हो ! हामी कहिलेकाहि राजनितिक वहस पनि गर्छौ, धार्मिक वहस पनि गर्छौ र जाति र भाषाको वहस पनि गर्छौ । सचेत नागरिकले वहस पनि गर्नु पर्दछ र अन्तत: निचोडमा आउनु पर्दछ । आज हाम्रो सामू नेपाल हाउस दीर्घकालिन व्यवस्थापन सम्बन्धि चुनौति खडा भएको छ । यसको समाधानको लागि कोरिया वासी सम्पूर्ण नेपाली एकजूट हुन आवश्यक देखिएको छ ।
अब रह्यो नेपाल हाउसको लागि दश करोड वन संकलन नै किन ? कोरियामा कोरियनहरु बिशेष गरि तीन प्रकारको घरमा बस्ने गर्दछन । त्यो हो –
१ वल्से घर
२. छन्से घर
३. खेईन घर ।
वल्से घर भन्नाले केहि निश्चित रकम धरौटी (Diposite) राखि हरेक महिनामा तोकिएको घर भांडा तिरिन्छ जसलाई वल्सेमा बस्ने भनिन्छ । अहिले हाम्रो संचालनमा आईरहेको नेपाल हाउस यहि तरिका बाट संचालन भईरहेको छ ।
छन्से घर भन्नाले ठूलो रकम एकमुष्ठ धरौटी (Diposite) राखि महिनावारी भांडा तिर्न नपर्ने तर बत्ती पानी र ग्यांसको मात्रै तिरेर बसिन्छ । जस्लाई छन्सेमा बस्ने भनिन्छ ।
खेईन घर भन्नाले यो नितान्त आफ्नो निजी घर हो । भांडाको होईन । चाहेको खण्डमा आफूले किनबेच गर्न सकिन्छ । यसको लागि त झनै ठूलो रकम चाहिन्छ । यो अहिले हामीबाट सम्भव छैन ।
अहिले हाम्रो नेपाल हाउस वल्सेमा चलिरहेको छ र प्रति महिना बाह्र देखि तेह्र लाख वन सम्म भांडा तिर्नु पर्दछ । यसरी प्रत्येक महिना यति ठूलो रकम भांडा तिरी नेपाल हाउसलाई निरन्तरता दिन सम्भव देखिएन । अर्को तिर नेपाल हाउस हामी बिच अझ आवश्यकताको महसुस र लोक प्रिय हुंदै गयो । र यसलाइ कसरी बचाउने भन्ने बिषयमा हामी नेपाली संघ संस्थाहरु बिच पटक पटक छलफल र अन्तरकृया कार्यक्रम भयो । फलस्वरुप हामी यसलाई छन्सेमा लैजानु पर्छ भन्ने निर्क्यौलमा पुग्यौ । यसको लागि अहिले भईरहेको नेपाल हाउसलाई छन्सेमा परिणत गर्नको लागि पनि हामीलाई कम्तिमा दश करोड वनको आवश्यकता पर्दछ । यसरी हामी दश करोड वन संकलन अभियानलाई अगाडी बढाएका हौ । यस अभियानलाई सफल बनाउन चन्दा संकलनको साथ साथै यहि फेब्रुअरी १८ र १९ (सलनाल पर्व) मा मह जोडीको साथ नेपाल हाउस सांगीतिक महामेला आयोजना गर्न लागिएको हो । फेब्रुअरी १८ तारिख पुसानको केबिएस टिभी हलमा र फेब्रुअरी १९ मा राजधानी सउल स्थित खयङ ई युनिभर्सिटीको “फ्यङह्वा उई छन्डाङ” (Grand peace hall) मा भव्य रुपमा सम्पन्न गराउन गई रहेका छौ ।
यस परोपकारी काममा हजुरहरुले सक्नु हुन्छ भने थोरै भएपनि आर्थिक सहयोग गरिदिनु होस , यदि सक्नु भएन तपाईहरुलाई जता पायक पर्छ सउल या बुसान पच्चिस हजार वनको टिकट लिई कार्यक्रममा आई दिनुहोस , हाम्रो लागि सबै भन्दा ठूलो सहयोग त्यही हुने छ । र हामी सबै लक्ष्यमा पुग्ने छौ र कोरियामा हामी नेपालीको सपना पूरा हुने छ र ईतिहांस बन्ने छ ।

0 comments
Write Down Your Responses