नेपाली जनअधिकार मन्चको इन्छ्न -खिम्पो क्षेत्रीय भेला सम्पन्न

चुडामणि अधिकारी इन्छन, दक्षिण कोरिया
नेपाली जनअधिकार मन्च दक्षिण कोरियाको इन्छन-खिम्पोको क्षेत्रीय भेला आज नोभेम्बर 23 आइतबारको दिन बुफेङमा रहेको बिहानी रेस्टुरेन्टमा सम्पन्न भएको छ।

भेलाको अध्यक्षता निबर्तमान अध्यक्ष लालकाजि बस्नेत र सन्चालन सचिब बिश्वास बिक्रम हेमले गर्नु भयको थियो।भेलामा प्रमुख अतिथी एमाओबादी प्रवास जिल्ला कमिटी दक्षिण कोरियाका अध्यक्ष दिलिप धिताल र अतिथिमा सचिब चुडामणि अधिकारी रहनु भएको थियो।
उक्त भेला बाट बिश्वास बिक्रमको अध्यक्षतामा १५ सदस्यीय चार सदस्य पछि पद पुर्ती गर्ने गरि कमिटी गठन गरियको जानकारी मन्चका प्रचार बिभाग प्रमुख समेत रहेका चुडामणि अधिकारिले हाम्रा सम्बादाता संग बताउनु भएको छ।त्यसै गरि क्रमश उपाध्यक्षमा सुरज पोख्रेल र सोम गुरुङ,सचिबमा पदम लावती,सहसचिवमा यज्ञ राई,कोषाध्यक्षमा रामजी अछामि सदस्यहरुमा बिरेन्द्र बिश्वकर्मा,रोमन मल्ल,पुष्कर सापकोटा,राजन कार्की,तिल राना मगर,यच आर ओलि रहनु भयको छ।
कमिटी गठन पश्चात बसेको पहिलो बैठकले सल्लाहकारहरुमा चुडामणि अधिकारी,लाल बहादुर महरा,लाल काजी बस्नेत,पदम पौडेल,तेज आले मगर,खेम राज आचार्य रहनु भएको छ।
उक्त भेलामा प्रमुख अतिथी लगायत अतिथीले मनतब्य राखेका थिए ।
युगौ युगमा यक चोटी हुने संविधान सभा बाट बन्ने संविधान सबै  पक्षले अपन्त्व गर्ने खालको पहिचानमा आधारित भयेर बनाउनु पर्ने जोड दिदै आफ्नो मन्तब्यका क्रममा बक्ताहरुले बताएका थिए  ।

0 comments

Write Down Your Responses

-->