परदेशीलाईफ डट कमले बृहत अन्तरक्रिया तथा सम्मान कार्यक्रम गर्ने/
खेम कार्की ,कोरिया
अनलाईन पत्रिका परदेशीलाईफ डटकमले बृहत अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । जनवरी ४ तारिख सौल स्थित नेपाली दूतावासको सभाहलमा आयोजना गरिने सो कार्यक्रममा कोरियामा रहेका नेपालीहरूको बिभिन्न समस्याको बारे छलफल केन्द्रित हुने छ ।समस्या लाई समाधानको लागि “परोपकारी कोष आवश्यकता र चुनौती” विषयक अन्तरक्रिया गरिन लागेको बताइएको छ ।
परदेशी लाईफ डट कमको चौथो वार्षिक उत्सवको अवसरमा सो कार्यक्रम गर्न लागिएको हो ।प्रवासी नेपालीहरूको साझा अनलाईन पत्रिकाको रूपमा लोकप्रिय परदेशी लाईफ डट कम दक्षिण कोरियाबाट शुरु गरिएको थियो । जापान,कतार,साउदी,मलेशिया,अमेरिका,दुवई,बेलायत लायत लायत देशहरूमा संवादाता (प्रतिनिधी) रहेको यस अनलाईन विश्वभरी छरिएर रहेका नेपालीहरुको साझा आवाज बन्दै गईरहेको व्यवस्थापनले जनाएको छ । परदेशी लाईफ डट कमले दोश्रो परदेशी पत्रकारीता पुरस्कार प्रदान गर्ने भएको छ । यसैगरी सामाजिक सेवामा अग्रणी भूमिका खेले बापत एक सामाजिक संस्थालाई विशेष सम्मान गर्ने भएको छ । साथै सोही दिन कोरियामा रहेर परोपकारी र सामाजिक कार्यमा योगदान गर्ने व्यक्तिहरू र पत्रकारहरूलाई सम्मान गरिने कार्यक्रम रहेको बताईएको छ । परदेशीलाईफ डट कम परोपकारी अभियानमा पनि सक्रिय ढंगले लागीरहेको छ ।
0 comments
Write Down Your Responses