कोरियामा ३१ अगस्तमा एमआरपी वितरणको लागि नेपाली दूताबास खुल्ने
नमस्ते नेपाल कोरिया संवाददाता
आउदो अगस्त ३१ तारिक आइतबारका दिन दक्षिण कोरियास्थित नेपाली राजदूताबासले एमआरपी बितारणका लागि मात्र कार्यालय खुल्ने जनाएको छ | दूताबासले आज एक सूचना जारी गर्दै हालसम्म प्राप्त राहदानी वितरण गर्ने जनाएको हो |
राजदुताबासको सिमित जनाशक्ति अभावका कारण सो दिन एमआरपी बाहेक अन्य कुनै काम नहुने सूचनामा उल्लेख छ | हालसम्म प्राप्त नामवली दूताबासको वेबसाइट http://www.nepembseoul.gov.np/ बाट हेर्न सकिनेछ | उक्त नामावलीमा आफ्नो नाम हेरेर नेपाली कामदारले राहदानी लिन सक्नेछन |राहदानी लिन आउदा पुरानो राहदानी तथा नागरिकताको सक्कलप्रति लिएर आउनुपर्ने सूचनामा जनाइएको छ |
१.मिति :- 2014 अगस्ट 31 आइतबार
२.समय :-बिहान 10 बजेदेखि अपरान्ह 5 बजेसम्म
३.स्थान :-नेपाली राजदुताबास ३७-२४ सङबुक ,सोल
0 comments
Write Down Your Responses