नेपाली जनसम्पर्क समिति कोरियाद्वारा द्वन्द पिडितलाइ आर्थिक सहयोग
नमस्ते नेपाल कोरिया संवाददाता
नेपाली कांग्रेसका किसान नेता नारायणपुर ८ दाङका स्यानीगाँउका स्वर्गीय मानबहादुर चौधरीको परिवारलाई कोरियामा बस्ने नेपालीहरुले नगद सहयोग गरेका छन् ।
कोरियमा सक्रिय रहेको नेपाली जनसम्पर्क समिति दक्षीण कोरियाले स्वर्गीय चौधरीको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले घर जीर्ण बन्दै गएको एवं घर सञ्चालनमा समस्या भएपछि नेपाली कांग्रेस नारायणपुरले थालेको सहयोग अभियान अन्तरगत समितिले नगद २५ हजार सहयोग गरेका हुन् । सो रकम नारायणपुर कांग्रेसले एक सोमवार एक कार्यक्रमको आयोजना गरेर स्वर्गीय चौधरीका छोरीलाई सो रकम हस्तान्तरण गरेको छ । कांग्रेस नारायणपुर ईकाई सभापति दीपक पाण्डेको अध्यक्षता एवं नेपाली जनसम्पर्क समिति दक्षीण कोरियाका कोषाध्यक्ष जनक पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पाण्डे र पूनले चौधरीका छोरीहरु बेलमति चौधरी र रोशीका चौधरीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय प्रतिनीधी मेघबहादुर लामीछाने, कमल वली, जुद्धबहादुर डाँगी, क्षेत्र नम्बर ३ का पूर्व उपसभापति निर्मल न्यौपाने, कांग्रेस नेताहरु डिल्ली बहादुर वली जग्गुप्रसाद चौधरी, लगायतले बालेका थिए । कार्यक्रममा बोल्दै चौधरीका छोरीहरुले सहयोग गर्ने सबैमा धन्यवाद दिदै दोषीमाथी कारबाहीको माग गरेका थिए । साथै उनीहरुले आफूहरुको घर सञ्चालनकोलागि व्यवस्था गरिदिन पनि माग गरेका थिए ।
कांग्रेस नारायणपुरले आफ्ना क्रियाशील सदस्य एंव किसान नेता चौधरीको मृत्युपछि उनको घरपरिवारमा आर्थिक समस्या भएको भन्दै सहयोग अभियान थालेको हो । जसअन्तरगत यो भन्दा पहिले पनि नगद ४० हजार सहयोग गरिसकेको छ । जसमा सभासद् राजु खनाले २५ हजार, घोराही १० हाल जापानमा रहेका दीपक श्रेष्ठले ५ हजार, हापुर ५ का महेन्द्र सुवेदीले ५ हजार र नारायणपुर १ का सुनिता सुवेदीले ५ हजार सहयोग गरेका थिए । यसैबीच कांग्रेस नारायणपुरले चौधरी परिवारलाई सहयोग गर्न सबैमा आग्रह गरेको छ l

0 comments
Write Down Your Responses