कान्दा रुपान्तरणको लागि कोरियाबाट संकलित रकम हस्तान्तरण |( सहयोदाताहरुको नामावली सहित )

निर्मल थपलिया 
दक्षिण कोरियाको किम्हेबाट संकलन  भएको रकम चितवनको लोथर ६ कान्दामा रहेका चेपाङको घर बनाउन कान्दा रुपान्तरण अभियानमा सकृय रहेको  संस्था लक्ष्मी प्रस्तिस्ठानलाई हस्तान्तरण  गरिएको छ ।

अगस्ट 15 मा लक्ष्मी  प्रतिस्ठानको कार्यालयमा प्रतिस्ठानका अध्यक्ष बिष्णु गौतम र श्रीमती लक्ष्मी  गौतम लाई संयुक्त रुपमा सहयोग संकलन  समितिका  संयोजन सदस्य एवं किम्हे मैग्रेन्ट्स हाउसका प्रतिनिधि निर्मल थपलिया र साथमा  अन्तरास्ट्रिय पत्रकार महासंघका महासचिब दामोदर  नेपाल ले  रु. एक लाख पाँच हजार  हस्तान्तरण गर्नु भएको थियो | उक्त रकम किम्हे बाट निर्मल थपलिया, हरि थपलिया र हरि कृष्ण थपलियाको संयुक्त प्रयास बाट संकलन गरिएको थियो भने नपुग रकम संकलन आयोजक समिति संजोजकहरुको तर्फबाट  मिलेर एउटा घर निर्माणको लागि आवस्यक रकम जुटाइएको थियो |   किम्हे मैग्रेंट्स हाउसले उपलब्ध गराएको कपडाहरु सस्तो बजारको नाम  दिएर बिक्रि वितरण गरि झन्डै ७५० हजार कोरियन वोन संकलन गरिएको थियो |  हरि थपलियाको प्रयासबाट हिमालयन इन्टरटेन्ट मेन्ट हाउसले  बुसानमा प्रदर्सन गरिएको कबर्दी फिल्मबाट एक लाख कोरियन वोन सहयोग पठाएको थियो | सो रकम किम्हे मैग्रेंट्स हाउसका संचालक यज्ञ राज सुबेदीले एक कार्यक्रममा निर्मल थपलियालाइ  सम्बन्धित चेपांगको गाउँ कान्दा रुपान्तरण अभियानमा अहोरात्र लागिरहेको संस्थासम्म पुर्याउनको लागि   हस्तारन्तरण गर्नु भएको थियो | कान्दा रुपान्तरण अभियान मा ८५ ओटा घर बनाउने योजना अनुसार हाल सम्म ३२ ओटा घर निर्माण भैसकेको छ | बर्षादको कारण केहि अवरोध भएता पनि घर निर्माण तथा छात्राबास तथा स्कुल निर्माण कार्य लगातार भैरहेको लक्ष्मी प्रस्तिस्ठानका अध्यक्ष बिष्णु गौतमले बताउनु भएको छ |

कान्दा रुपान्तरण अभियानक लागि एउटा घर बनाउन संकलित रकम
 किम्हे मैग्रेंट्स हाउसको सहयोगमा सस्तो बजारबाट संकलित  - ७५००००
नगद सहयोग -
बुसान इन्टरटेन्मेन्ट (कबर्डी फिल्म ) १०००००
विवेक  क्षेत्री -२००००
कृष्ण गुरुङ ( तमु ब्रो)- १००००
राजकुमार के सी -१००००
आकाश देवकोटा -१००००
टिकाराम बास्तोला -१००००
बलराम बास्तोला- १००००
रमेश थापा -१००००
राजन अधिकारी -१००००
सी एम  पौडेल- १००००
रसिन्द्र यादब -१००००
जयराम पाण्डे -१००००
सुरेस  कट्टेल -१००००
बासु के सी -१००००
धरणी धर न्यौपाने -१००००
मधु सुधन महत १००००
गौरब पराजुली -१५०००h
सुरेश प्रजापति १००००
देवराज राई-१००००

0 comments

Write Down Your Responses

-->