दक्षिण कोरियामा स्याङ्जा परिवार र एसएमटीबीच एकता हुने
नोमराज गुरुङ, दक्षिण कोरिया
एकवर्षदेखि छुट्टा-छुट्टै अस्तित्वमा रहेको स्याङ्जा परिवार र स्याङ्जा मेरो टीम दक्षिण कोरियाबीच एकता हुने भएको छ । ‘स्याङ्जाली एकता उपकारी मन, सद्भाव सागै विताऔं परदेशी जीवन’ भन्ने नाराका साथ स्याङ्जा परिवार गणतन्त्र कोरियाको आईतबार सम्पन्न नवौं साधारणसभाको उद्घाटन सत्रपछिको बन्दसत्र कार्यक्रममा सहभागी दुबै संस्थाका पदाधिकारीबीच छलफल भएपछि एकताको निर्णय भएको हो ।
बन्दसत्र कार्यक्रममा स्याङ्जा परिवार दक्षिण कोरिएका अध्यक्ष मिलन राना मगरले एउटै जिल्लाका दुई संस्था अस्थित्वमा हुदा जनमानसमा राम्रो सूचना नजाने भन्दै एकताको प्रस्ताव गरेका थिए । रानाको प्रस्ताबलाई एसएमटीका प्रतिनीधि प्रेम थापाले सकरात्मक भएको भन्दै आफुहरुलाई समय दिन आग्रह गरेका थिए ।
दुबैतर्फबाट एकताको लागि प्रतिबद्ध भएपछि निर्वाचन मण्डलका अध्यक्ष हेमबहादुर थापा मगर लगायतले एकताको अधिवेशनको लागि छलफल गर्न सुझाउनुभएको थियो । छलफलमा एकताको लागि सबै सहमति भए पनि एकताको अधिवेशन कहिले गर्ने भनि मिती भने तोक्न सकेको छैन । मिती तय गर्नको लागि छिट्टै दुबैपक्ष पुन बैठक बसेर निचोडमा पुग्ने स्याङ्जा परिवारका अध्यक्ष मिलन रानाले जानकारी दिनुभयो ।
एकता हुने भएपछि एसएमटी परिवारले अगामी अगष्ट ३१ गते आयोजना गर्न गईरहेको स्याङ्जा कप भलिबल प्रतियोगितालाई स्याङ्जा परिवारले पूर्ण रुपमा सहयोग गर्ने सहमति समेत भएको छ ।
नवौं साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं स्याङ्जा परिवारका भूपू अध्यक्ष झक थापा मगरले स्याङ्जालीहरुको बाक्लो उपस्थिती रहेकाले पनि विविधता देखिएको बताए । स्याङ्जाको नममा धेरै कुराकानी बजारमा भएपनि भावनामा एक रहेको थापाले उल्लेख गरे । यदाकता कसैमा तितोपन भएको भए पनि नवौं अधिवेशनले त्यसलाई मिलाएर लानुपर्ने उनको विचार थियो ।
कार्यक्रममा स्याङ्जा परिवार दक्षिण कोरियाका भूपू अध्यक्ष हेम थापा मगरले प्रवासमा रहेर सबै जिल्लाबासीहरु एक हुनुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा परिवारका सल्लाहकार गुप्त गुरुङ्, खुम गुरुङ्, एसएमटीका प्रतिनीधि प्रेम थापा, नेपाल मगर संघ दक्षिण कोरियाका महासचिव सीपी मगर लगायतले शुभकामना मन्तव्य दिएका थिए । प्रवासमा रहेर जन्मभूमिको लागि काम गर्ने सबै जिल्लाबासी नभई सबै नेपालीहरु एक मन हुनुपर्नेमा बक्ताहरुको जोड थियो ।
सो अवसरमा स्याङ्जा परिवार दक्षिण कोरियालाई महत्वपूर्ण योगदान दिएको भन्दै बौद्ध परिवार दक्षिण कोरियाका अध्यक्ष एवं स्याङ्जा परिवारका सल्लाहकार ईश्वर गुरुङ्लाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा स्याङ्जा परिवार दक्षिण कोरियाका सह-सचिव कुमार थापाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष चुनबहादुर रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
स्याङ्जा परिवारका अध्यक्ष मिलन रानाको अध्यक्षतामा भएको उद्घाटन सत्रको स्वागत मन्तव्य उपाध्यक्ष हिमानी गुरुङ्ले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव दीपेन्द्र अधिकारीले गरेका थिए । स्याङ्जा परिवार दक्षिण कोरियाको स्थापना सन १९९७ मा लाङ्घाली परिवारको नाममा भएको थियो ।
कार्यक्रममा गतवर्षको छुसकमा भएको कार्यक्रमबाट बचत रकमले एम्बुलेन्स खरिद गरिसकिएको र अगामी भाद्र ५ गते वितरण गर्ने कार्यक्रम रहेको जानकारी गराईएको थियो ।
0 comments
Write Down Your Responses