कोरियाका नेपाली कामदारहरुलाई श्रम मेरो सात सात सुझाव - श्रम सहचारी अनिल गुरुङ
अनिल गुरुङ
श्रम सहचारी,नेपाली दूताबास कोरिया
कोरियामा विगत करीब दुई बर्ष देखि नेपाली राजदूतावास सोलमा श्रम सहचारीको पदमा कार्यरत छु । यस बीचमा मैले धेरै कम्पनीमा पुग्ने तथा तथा नेपालीहरुले कोरियामा गर्ने काम तथा समस्याहरुको बारेमा जानकारी लिने मौका पाएको छु । धेरै कम्पनीहरुमा जांदा तथा नेपालीहरुका हातहरुले कोरियाली कम्पनीमा श्रमका पसिनाबाट उत्कृष्ट उत्पादनहरु गरेको देख्दा हृदय साह्रै नै प्रसन्न् हुने गरेको छ भने केही स्थानमा विविध कारणले समस्यामा परेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई भेट्दा मन दुख्ने गरेको छ । यिनै विविध सुख: र दुख:का बीचमा आफूले संगालेका अनुभवहरुका आधारमा कोरियामा कार्यरत सबै नेपालीहरुलाई मेरो सातवटा स( साना तर उपयोगी सुझाव प्रस्तुत गर्ने जमर्को गरेको छु ।
(१) बिहान काममा जानका लागि समयमा नै उठुनु होस् । नित्य कर्मबाट निवृत भई सके पछि आफूले गर्नु पर्ने कामको बारेमा शारिरिक तथा मानसिक रुपमा तयार हुनुहोस् । ओछ्यानबाट उठेर सोझै काममा जानु भन्दा केही समय अघि उठेर हल्का व्यायाम गरेर काममा संलग्न हुंदा शारिरिक तथा मानसिक रुपमा लाभदायक हुन्छ । कार्यस्थलमा मोबाईल नलैजानुहोस् । कोरियाली रोजगारदाताहरु कार्यस्थलमा मोबाईलको प्रयोग चाहनन् । कामस्थलमा मोबाईल प्रयोग गर्दा कामको गुणस्तर न्युन हुने तथा दुर्घटना समेत हुन सक्छ ।
(२) कोरियामा बढी जाडो हुने हुंदा चिसो भयो भनेर पानी कम पिउने प्रवृति पनि देखिएको छ । चिकित्सकहरुको भनाई अनुसार हामी हिटिंग सिस्टममा बस्दा अप्राकृतिक तापले गर्दा शरीरमा पानीको कमी हुने हुंदा अझ बढी पानीको आवश्यकता पर्दछ । प्रशस्त मात्रामा पानी तथा झोल पदार्थ पिउनुहोस् । शरीरलाई आवश्यक पर्ने मात्रामा संतुलित भोजन गर्नुहोस् । मासु मात्रै होईन, पर्याप्त साग पात, फलफूल पनि सेवन गर्नुहोस् ।
(३) आफू सुत्ने कोठामा भेन्टिलेस्न छ कि छैन् हेर्नुहोस् । हिटिंग सिस्टममा अक्सिजनको कमी हुन सक्ने हुनाले पर्याप्त मात्रामा अक्सिजन कोठामा प्राप्त हुन सक्ने गरी भेन्टिलेस्न खुला गर्नुहोस् ।
(४) निद्रा हाम्रो स्वास्थ्यको लागि अति आवश्यक छ । पर्याप्त मात्रामा निदाउनु पनि स्वास्थ्यको लागि जरुरी छ । समयमा सुत्नुहोस्, समयमा उठ्नुहोस् । राती अबेर सम्म ननिदाएर बस्दा दिउंसो काम गर्न असहज हुन सक्छ । शारिरीक तथा मानसिक रुपमा तन्दुरुस्त हुन पनि पर्याप्त मात्रामा निदाउनु आवश्यक छ । राती अबेर सम्म ईन्टरनेटमा भुल्नु भन्दा समयमा नै निदाउनु बेस हुन्छ ।
(५) आफूले काम गर्ने मेसिनको बारेमा राम्ररी बुझ्नु होस् । मेसिनमा काम गर्दा दुर्घटना हुने अत्याधिक समस्या रहेको हुंदा, मेसिनको संचालन विधि, सुरक्षाका उपायहरु तथा पर्याप्त सर्तकता अपनाउनुहोस् । मेसिनमा काम गर्दा बढी सर्तक हुनुहोस् । औद्यौगिक दुर्घटनाबाट बच्नुहोस् ।
(६) कुनै पनि शारिरीक वा मानसिक समस्या भएमा उपचार गराउनुहोस् । रोग नलुकाउनु होस् । समयमा नै उपचार गरेमा रोग चांडो निको हुने तथा कम जोखिम तथा कम खर्च लाग्दछ । रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्दै नलागोस भन्ने तर्फ सर्तक रहनु होस् ।
(७) मादक पदार्थ सेवन तथा धुम्रपान नगर्नु होस् । दूध, दही, जुस ईत्यादि सेवन गर्नु होस् ।

0 comments
Write Down Your Responses