कोरियामा एमटियु तथा माइग्रेन्ट होप सेन्टरको नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न

सनराइज राई, सउल  द कोरिया। 
कोरियन मजदुर महासँघ सँग आबद्ध' माइग्रेन्ट होप  सेन्टर' र प्रवासी मजदुर संघ(एमटियु) कोरियाको आयोजनामा यो आइतबार जुलाई १३ को दिन निसुल्क स्वास्थ्य सेवा सम्पन्न भएको छ। उक्त स्वास्थ्य परिक्षण कार्यक्रममा नेपाल,भियतनाम,मङ्गोल र बङग्लादेश गरी ४ देशको जम्मा ५० जनाको स्वास्थ्य परीक्षण गरिएको एम टि यु का अध्यक्ष उदय राइले बताउनु भयो ।

माइग्रेन्ट होप सेन्टरले बाङ्लादेशमा करोडौ  बराबरको बिद्यालय निर्माण गरिदिएको छ भने पछील्लो समयमा नेपालको मोरङ जिल्ला स्थित चिसाङ खोला भन्ने ठाउँमा पनि एउटा बिद्यालयको दुईकोठा निर्माणमा लाखौं  सहयोग गरेको जानकारी आएको छ ।  
     यसरी बिभिन्न १५ मुलुकबाट दक्षिण कोरियामा आई कार्यरत श्रमिकहरुको नियमित श्वास्थ्य परिक्षण गर्न नसकेका,अबैधानिक मजदुर साथै सकृय कार्यकर्ताहरुको लागि सिमित कोटाभित्रको स्वास्थ्य परिक्षण प्रत्येक ९ महिनामा एक पटक गरिने कुरा उक्त कार्यक्रमको एक बिशिष्ट डाक्टरले बताउनुभयो ।
बैदेशिक रोजगारिको सिलशिलामा द कोरियामा रहेका बिभिन्न ठाउँ खिम्पो मासोङ,हासोङ,ओसान,फाजु,एसान साथै अन्य स्थानबाट स्वास्थ्य परिक्षणको लागि बिहानै उपस्थित भएका थिए । उक्त कार्यक्रम बिहान् १० बजेदेखी ४ बजे सम्म चलेको थियो,भने यो कार्यक्रमले प्रवासी मजदुरहरुलाई ठुलो राहत मिलेको कुरा उपस्थित सबैले ब्यक्त गरेका थिए।

0 comments

Write Down Your Responses

-->