कोरियामा भानु जयन्ती भब्य रुपमा मनाईयो

निश्चल काउचा - सउल  कोरिया, 
कोरियाको राजधानी सिवल स्थित नेपाली राजदुताबासको सभाहलमा आदिकवि भानुभक्त आचार्यको २ सयौ जन्म जयन्तीको भब्य रुपमा सम्पन्न भयो ।


उक्त कार्यक्रममा नेपाली महामहिम राजदुत कमानसिह लामा , श्रम सहचारी अनिल गुरुङ्  एनसिसी अध्यक्ष लोचन राई , कोरियन कविहरू किम ह्योङ ह्यो , मुन छाङ्गिल , किम यिहा , एनआरएन , जनजाती महासंघ , अनेसास कोरिया च्याप्टर , नेसास कोरियाका प्रतिनिधि लगायत पत्रकार , बिद्यार्थी , ब्यबसायी लगायत साहित्य अनुरागीहरूको बृहत उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा कमल प्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको जिवनीको बारेमा प्रकाश पारेका थिए । आफ्नो मन्तब्य राख्ने क्रममा कोरियन कवि किम ह्योङ ह्योले कोरियामा नेपाली र कोरियन कविहरूको माझमा भानु जयन्ती मनाउन पाउदा खुशी लागेको बताउदै यस्ता कार्यक्रमले कोरियन र नेपाली साहित्यको बीचमा सेतुको काम गर्ने बताए । नेपाली महामहिम राजदुत कमानसिह लामाले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा योगदान पुर्याएको चर्चा गर्दै बिदेशमा पनि भानु जयन्ती मनाउन पाउदा अत्यन्त गौरव लागेको सुनाउनु भयो ।
सोहि समारोहमा '' राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको दुई सय जन्मजयन्तीको अबसरमा संकलित साहित्य सृजनाहरू '' नामक स्मारिक पनि बिमोचन गरिएको थियो । उक्त स्मारिकामा कोरियामा रहनु हौने सर्जकहरू कमान सिह लामा , सनराईज राई , अमिता चाम्लिङ राई , उमा गुरुङ् , केशब चापागाई , कल्पना राई ''खुशी'' , गंगा पौडेल , डी . आर ''अटु'' , श्रीराम तमु , मिना राई , झबिन्द्र बेल्बासे , कमलप्रसाद अर्याल , श्याम कुमार राई , देव सागर नविन नेपाल , निश्चल काउचा , सुमित्रा मिश्र , येश्वर्य श्रेष्ठ , प्रगति राई , अनिल गुरुङ् , जिवन खत्री , गोवर्धन पूजा , बिनोद बान्तवा , निरज साम्पाङ , सकुन आँशु , शोभा श्रेष्ठ र कोरियन कविहरू किम यिहा र किम ह्योङ ह्योका रचनाहरू सग्रहित छन् ।
आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी मूल समारोह समितिकी अध्यक्ष मञ्जु गुरुङले आफ्नो मन्तब्य राख्ने क्रममा प्रदेशी भुमिमा पनि नेपाली साहित्यलाई माया गरेर आदिकवि भानुभक्त आचार्यको २ सयौ जन्म जयन्ती समारोह उपस्थित भैइदिनु भएकोमा सम्पुर्ण संस्थाका प्रतिनिधिहरू  पत्रकार , बिद्यार्थी , ब्यबसायी लगायत सम्पुर्ण साहित्य अनुरागीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । सोहि अबसरमा सूर्य खत्री , अनिल गुरुङ् , सुमित्र मिश्र , बलदेव भट्टराई , प्रमोस सारांग , प्रबिण राई , निश्चल काउचा लगायतका कविहरूले आफ्ना- आफ्ना रचना सुनाएका थिए । उक्त कार्यक्रमको संचालन बिदुर शर्माले गर्नु भएको थियो ।    

0 comments

Write Down Your Responses

-->