कोरियामा मानसिक तनाव र श्रमिकका समस्या ‘बिषयक कार्यक्रम भव्य रुपमा सम्पन्न
नमस्ते नेपाल कोरिया संवाददाता
दक्षिण कोरियामा पहिलो पटक आयोजित ‘कोरियामा मानसिक तनाव र श्रमिकका समस्या ‘बिषयक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
दोङ्दुचन जिहेङ स्थित नमस्ते रेष्टुरेण्टमा गत आइतवार आयोजित सो अन्त्रक्रिया कार्यक्रम पांचथर संपर्क समितिले आयोजना गरेको थियो भने ईपिएस युथ नेपाल र हाम्रो जिवन हाम्रो सोच सह आयोजक रहेका थिए । पांचथर संपर्क समिका अध्यक्ष तथा कोरियाका सक्रिय समाजसेवी मनिचन्द्र चेम्जोङको सभापतीत्वमा सम्पन्न सो कार्यक्रमा कोरियाका लागि नेपाली राजदूत कमान सिङ लामा लगायत कोरियाका प्रमुख संस्थाका प्रतिनिधिहरू तथा अन्य व्यक्तित्वहरूको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रममा नेपाली संपर्क समितीका सचिव चेत बहादूर बस्नेत ,जनसम्पर्क समितीका सभापती नवराज सिवाकोटी ,पत्रकार महासंघ कोरियाका अध्यक्ष अशोक मैनाली ,ओ एन एफका उपाध्यक्ष सुरेन्द्र आचार्य ,ईपिएस छिन्ङुगु (अरुण श्रेष्ठ )समाजसेवी कृष्ण राई ,ए म टी युका अध्यक्ष उदय राई , किरात राई चुम्लुङ् कोरियाका अध्यक्ष भिम लिम्बू (चेमजोङ )लगायतका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो। कार्यक्रमका मुख्य आकर्षक थिए मनोबिज्ञ राज संसार श्रेष्ठ ।कार्यक्रम सनोज सोबित आङ्दाम्फे सन्चालन गरेका थिए भने स्वागत
सुन्दर दीप थोप्लिहाङ गरेका थिए । कार्यक्रम सफल भएकोमा सन्तुष्टी व्यक्त गर्दै आयोजक संस्थाका अध्यक्ष तथा सो कार्यक्रमका सभापती मनिचन्द्र चेम्जोङले सबैलाई धन्यवाद व्यक्त गर्दै यो कार्यक्रम श्रमिका समस्या समाधानमा कोसेढुङ्गा सावित हुने बताए।
त्यस्तै कार्यक्रमका मुख्य अतिथी राज संसार श्रेस्ठले सकारात्मक सोचको बिकास गर्न सके नेपाल बन्न धेरै समय नलाग्ने बताए । उनले सानो सानो कुरा परिवर्तन गरे र सानो कुराबाट व्यक्ती ,परिवार ,समाज र राष्ट्र बन्ने बताए । ( सो कार्यक्रममा कसले के भने भिडियो हेर्नुहोला ,भिडियो केही दिन पछि )

0 comments
Write Down Your Responses