तमू धिँ कोरियाको वनभोज तयारी

नमस्ते नेपाल कोरिया संवाददाता 
तमू धिँ दक्षिण कोरियाले आगामी जुलाई १२ र १३ तारिख आयोजना गर्न लागेको स्यो कैँ अथार्त वनभोजको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । सउलबाट झण्डै डेड घण्टा टाडामा  रमणिय स्थल ग्योगी दो याफ्योमा आयोजना गरिन लागेको वनभोजमा जानको लागि दोङदेमून शहरबाट ३ वटा बसको व्यवस्था गरिएको छ । १२ तारिख शनिबार साँझ २ वटा र १३ तारिख आइतबार विहान एउटा बसको व्यवस्था गरिएको छ । साँझ र विहान ९ बजे बस छुट्ने भएकाले चाडै उपस्थित भइ शनिबारको बसको लागि तमू धिँका अध्यक्ष सुरज गुरुङ र महासचिव प्रितम गुरुङसंग सम्पर्क राख्न र आइतबार विहानको लागि नविन गुरुङसंग सम्पर्क राख्न हुन आयोजकले जनाएको छ  ।


विभिन्न मिष्ठान्न परिकार र विविध सांस्कृतीक कार्यक्रम समेत रारिखएको वनभोजको लागि महिलाको ४० हजार र पुरुषको  ६०हजारवन शुल्क तोकिएको जनाउदै ११ तारिखसम्म नाम दर्ता गराइदिनु हुन पनि आयोजकले आग्रह गरेको छ । बस व्यवस्थानको लागि सुरज गुरुङलाई १०१–८३८२–४३४३,  प्रितम गुरुङलाई १०१–८६९५–७७९८ र नविन गुरुङलाई १०१–९४७१–४४५७ नम्बरमा सिधै सम्पर्क गर्नुहुन आग्रह गरिएको छ ।

0 comments

Write Down Your Responses

-->