चितवन सम्पर्क समिति कोरियाको धन्यवाद ज्ञापन

नमस्ते नेपाल कोरिया संवाददाता 
चितवन सम्पर्क समिति  दक्षिण कोरियाले  जुन १५ तारिक आइतवारका दिन चितवन घर संचालनार्थ  नेपाली कथानक चलचित्र ' 'ऋतु 'प्रदर्शन गरेको छ l

मे ४ तारिक प्रदर्शन गर्ने  भनिएको चलचित्र प्राविधिक  गडबडीका कारण  जुन ४ मा मात्र प्रदर्शन  गरियो l चितवन सम्पर्क समितिलाई अत्यन्त माया गर्ने विभिन्न संघ ,सस्था र सस्थाका प्रतिनिधि तथा सम्पूर्ण मीत्रहरूलाई चितवन सम्पर्क दक्षिण कोरियाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ l सोही दिन अन्य सस्थाको पनि कार्यक्रम  जुध्न गएकाले  उल्लेख्य सहभागिता भने  जुट्न सकेन l तर पनि  पवित्र सेवाभावबाट प्रेरित यस कार्यक्रमलाई  उपस्थित हुन नसकेपनि  आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्दता प्रकट गर्ने मित्रहरूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गरेको छ l कतिपय मित्रहरूले  उपस्थित हुन असमर्थ भए पनि टिकट बरावर वा थप सहयोग गर्न चाहनुभएकोमा कोषाध्यक्ष,दील कुमार श्रेष्ठको नाममा रहेको के ई बि बैंकको खाता620207814078 मा सहयोग रकम पठाउन सक्नुहुनेछ l
    चलचित्र हेर्ने दर्शकले यो चलचित्र अत्यन्त रुचाएका छन् l प्रवास भूमिमा गएर बस्ता आजका नयाँ पुस्ताले भोग्ने गरेका त्रिकोणात्मक प्रेमलाई कथानक बनाइएको नेपालीको वास्तविकता र विदेशको प्रभावकाबीच तरलित कथावस्तुमा कथानक अगाडि बढेको छ l अत्यन्त सरल स्वाभाविक भाषा , र आन्तरिक संवेदनाले दर्शकहरू आँशु र हाँसोले  अत्यन्त रोमान्चित बने l भावनात्मक संवेदनाको क्रय बिक्रयामा आँशु र रोदनबाट  दाम्पत्य जीवनलाई आदर्शमा रुपान्तरण गरेको यो चलचित्र हेर्न पाउनुलाई दर्शकले सौभाग्य ठानेका छन् l दर्शकका आँखा आशुले छताछुल्ल भएका थिए l पूर्ण सन्तुष्टि प्राप्ति भएको प्रतिक्रिया पाइयो l  महँगो  लगानीले मात्र चलचित्र उत्कृष्ट हुने होइन भन्नेकुरा यसले  पुष्टि गरेको छ l एरिस्टोटलको दुखान्त नाट्य  मान्यतालाई प्रयोगमा ल्याई प्रयोग गरिएको भए यस चलचित्रले  उत्कृष्ट पाश्चात्य नाट्यसिद्दान्त अबलम्ब गर्ने र्थियो l यो चलचित्र एक पल्ट अवस्य हेर्नुपर्ने चलचित्र हो भन्ने ठहर  दर्शकले गरेका छन् l
चितवन घरका निम्ति सहयोग गर्ने सस्था तथा व्यक्तिको नाम   र रकम छिटै प्रकाशन गरिने छ l आर्थिक पारदर्शितालाई चितवन सम्पर्क समितिले अत्यन्त गम्भीरतापूर्वक लिएको छ l  थप सहयोग गर्न चाहने हरूलाई स्वागत गरेको छ l 

0 comments

Write Down Your Responses

-->