तिमी हराएको दिन
ऐश्वर्य श्रेष्ठ, 'स्माइल'
कविता -
कहिले नखस्ने आंशुलाई
मस्तिष्कमा हिर्काएर
मुटुलाई छिया छिया पारेर
तिमीले तप्प तप्त खसायौं ।
तिम्रो लागि यो मुटुमा फुलेको
एउटा गुलाबको फुल
चुडेर मिल्कायौं ।
नजलेको मुटुलाई जलाएर
खरानी बनायौं ।
भो आउदिन अब
म तिम्रो यादमा सुवास बनेर
अनि छर्दिन सिउंदोमा सिन्दुर
चुडाउदिन तिम्रो रहरको कोपिला
अनि रोप्दिन मायाको फुल
तिमी हिडने बाटो भरि ।
आंशु टिपेर हांस्न थालेको छु ।
माया गांसेर बांच्न जानेको छु ।
पदैंन कांडाको यादमा
संझनाको आंशु खसाउनु
पदैंन ढुंगाको मुटु पगालेर
आंखा रसाउनु ।
कुनैंदिन ढुंगामा फुल्ने छ ।
तिम्रो र मेरो अतित
चौंतारामा लेखिनेछ ।
सुनौंला अक्षरले
तिमी मेरो डायरीबाट
हराएको दिन ।
तिमी मेरो आंखाबाट
बिलाएको छिन् ।
ऐश्वर्य श्रेष्ठ 'स्माइल', कोरिया ।
0 comments
Write Down Your Responses