मगर संघले आयोजना गर्ने छुसकको सांस्कृतिक कार्यक्रममा नेपथ्य ब्याण्ड कोरिया आउंदै

झक थापामगर ,दक्षिण कोरिया 
-डान्स इन्डिया डान्स लिटिल मास्टर्स सिजन-३ को उपाधी बिजेता तेरिया मगरलाई उक्त दिन सम्मान गरिने 

  यहि जुन १५ तारिखको दिन नेपालीहरुको छाता संस्था नेपाली सम्पर्क समितिको आव्हानमा कोरियामा कृयाशिल संघ संस्थाहरुको उपस्थितमा छुसकको लामो विदामा सांस्कृतिक कार्यक्रम गर्न चाहाने संघ संस्थाहरु मध्येबाट कार्यक्रम बांडफांड गर्दा सबैको सहमती अनुसार छुसकको पहिलो दिन( ७ सेप्टेम्बर आईतवार) नेपाल मगर संघ गणतन्त्र कोरियालाई सांस्कृतिक कार्यक्रम गर्न दिने सहमती भए अनुसार संघले नेपालमा मात्र चर्चित तथा सफल नभएर प्रवासको भूमिमा पनि लाईभ कन्सर्ट गरि सबैलाई मन्त्र मुग्ध पार्न सफल हाल सम्म कै सबै भन्दा चर्चित  नेपथ्थ व्याण्डलाई निमन्त्रणा गरि लाईभ कन्सर्ट गर्ने भएको छ। 

संघका महा- सचिव सिपी मगरका अनुसार कार्यक्रमको लागि नेपथ्य व्याण्डसंग सम्झौता भईसकेको र लाईभ कन्सर्ट नेपाली संघ संस्थाहरुले  भलिबल खेल प्रतियोगिता आयोजना गर्दै आईरहेको वोईजम्बु माङवलसाको सिनहोङ युनिभर्सिटीको कबर्डहलमा हुनेछ र उक्त दिन भारतिय च्यानल जीटीभीमा प्रसारण भएको डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्स सिजन-३ को उपाधी चुम्न सफल भएकी तेरिया फौजा मगरलाई निमन्त्रना गरि सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ।

0 comments

Write Down Your Responses

-->