बिश्वकप फुटबलमा कोरिया र रुस बीचको खेल बराबरी

नमस्ते नेपाल कोरिया डट कम 
 १७ तारिक मा ब्राजिलमा भइरहेको विश्वकप फुटबलमा कोरिया र रुस बीच १-१ गोल को नतिजा निकाल्दै दुवै टिमले अंक बाडेको छ l

दक्षिण कोरियाले १-० को अग्रता लिएर पनि रुसविरुद्ध १-१ नतिजा निकाल्दै अंक बाडेर विश्वकप २०१४ को यात्रा वुधबार सुरुआत गरेको छ । एसियाली महारथी दक्षिण कोरियाले सब्स्सिच्युट ली कुन-होले पेनाल्टी क्षेत्रबाहिरैबाट ६८ औं मिनेटमा प्रहार गरेको बल रुसका गोलकिपर अकिनफिवको कमजोरीमा गोलमा परिणत भएको थियो ।

आफ्नै क्षेत्रमा आएको बलले अकिनफिवले रोक्दारोक्दै गोललाइन पार गरेको थियो ।
तर, कोरियाको अग्रता धेरैबेर टिकेन । अलेक्जेन्डर केर्जाकोभले ७४ औं मिनेटमा गोल गर्दै रुसलाई १-१ को बराबरीमा पुर्‍याएका थिए । निरन्तर आक्रमण गर्ने क्रममा आन्द्रे एसेन्कोले उपलब्ध गराएको बललाई नजिकबाट उनले गोल गर्दै रुसलाई १ अंक दिलाएका थिए ।
एरेना पन्तनल कुइएबा दक्षिण कोरियाविरुद्ध रुसको खेल विश्वकप २०१४ मा तेस्रो बराबरी नतिजा हो । यी दुई टिम रहेको समूह एचको पहिलो खेलमा वेल्जियमले अल्जेरियालाई २-१ ले पराजित गरेर ३ अंक जोड्यो । कोरियाविरुद्ध रुसको खेलसगै विश्वकप २०१४ मा समूह चरणमा एक चरणको खेल पूरा भएका छन् ।

0 comments

Write Down Your Responses

-->