कोरियामा श्रम तथा रोजगार सचिब एवं ईपीएस. कोरिया शाखा निर्देशकसंग अन्तरक्रिया कार्यक्रम हुने

नमस्ते नेपाल कोरिया संवाददाता 
 आउदो जुन २८ तारिक सनिबारका दिन दोङदेमुनमा   एनआरएन दक्षिण कोरियाले श्रम तथा रोजगार सचिब एवं ई. पी. एस. कोरिया शाखा निर्देशकको सहभागितामा  अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ l

कोरियाको  दोङदेमुनस्थित   दर्शन रेस्टुरेन्टमा दिउसो १ बजे हुने अन्तरक्रिया कार्यक्रममा नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयका सचिब श्री भोलाप्रसाद शिवाकोटी एवं ई. पी. एस. कोरिया शाखा निर्देशक श्री डिल्लीराम बाँस्तोलाको उपस्थित हुने एन आरएनका प्रबक्ता बिमल सुबेदीले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l श्रम तथा रोजगार मन्त्रालयका सचिब तथा इपिएस कोरिया शाखा निर्देशक दक्षिण कोरियामा बिभिन्न रोजगार प्रायोजनका लागी तथा  नेपाली श्रमिकहरुको हक अधिकारको सम्बर्धनका आउनुभएको हो l उक्त अन्तरक्रिया कार्यक्रममा कोरियामा इपिएस  प्रणाली मार्फत रोजगारका लागी आउनु भएका नेपाली श्रमिकहरुले प्रतक्ष्य रुपमा  श्रम सचिब एवं इपिएस कोरिया शाखा  निर्देशक सामु आफ्ना सुझाब , गुनासोहरु ब्यक्त गर्न सकिनेछ l
आउदो २८ तारिक शनिबारका दिन हुने  अन्तरक्रिया कार्यक्रम” मा सहभागी भइदिनु हुन एनआरएन कोरियाका अध्यक्ष बिनोद कुँवरले  सम्पुर्ण कोरियाका  नेपाली संघ सस्था एवं कोरियाबासी नेपालीहरुमा  हार्दिक अनुरोध गर्नु भएको छ l

बिस्तृत जानकारी 
मिति : २०१४-०६-२ ८ गते शनिबार
कार्यक्रम: “अन्तरक्रिया कार्यक्रम”
प्रमुख बक्ता: श्री भोलाप्रसाद शिवाकोटी, सचिब, श्रम तथा रोजगार मन्त्रालय, नेपाल सरकार
           श्री डिल्लीराम बाँस्तोला,  निर्देशक, ई. पी. एस. कोरिया शाखा, नेपाल सरकार
स्थान: दर्शन रेस्टुरेन्ट,दोन्गदेमुन (३ नम्बर गेट बाट ३०० मि अगाडी)
समय: दिवा १.०० बजे

सम्पर्क: 
अध्यक्ष- बिनोद कुँवर : ०१० ३२८१ ४७८६
महासचिब - प्रकाश धमला :  ०१० २७२० ३१२९
प्रबक्ता - बिमल सुवेदी : ०१० ८४०८ २१३५



0 comments

Write Down Your Responses

-->