कोरियाको दोंदुचनमा ‘रमाईलो सांगितिक साँझ ‘कार्यक्रम हुने

कृष्ण बस्याल /सउल,कोरिया ।
दक्षिण कोरियाको दोंदुचन जिहेडं् स्थित नमस्ते रेष्टुरेण्टमा ‘रमाईलो सांगितिक साझँ’कार्यक्रम हुने भएको छ ।नमस्ते रेष्टुरेण्ट र कोरियाको लोकप्रिय स्थानिय सांगितिक समुह ‘सुनाखरी सांगितिक समुह’को संयुक्त प्रयासमा सो कार्यक्रम हुन लागेको हो । लोकप्रिय गायक ,गितकार,संगितकारहरू रहेको सो सांगितिक समुह यहाँ रहेका नेपाली माझ निक्कै लोकप्रिय मानिन्छ ।नेपालीहरूको लोकप्रिय तथा पहिचान नै बनिसकेको लोकदोहोरी ,पप आधुनिक गित तथा संगीत प्रवासमा भने कम नै गुन्जने गर्छ तर सुनाखरी सांगितिक समुहले कोरियामा रहेका नेपालीहरूलाई पनि यस्तो अवशर जुटाईदिएको छ । प्रवासको थकान र एक्लोपनालाई बिर्साएर मिठा मिठा नेपाली तथा अन्य परिकारहरूको स्वाद लिंदै भौतिक रूपमा कोरियामा नै भए पनि मानसिक रूपमा नेपालका कुना कन्दरामा पुर्याउने सो कार्यक्रमा उपस्थितीको लागी अनुरोध गरिएको आयोजकले बताएका छन् ।साथै सो कार्यक्रममा प्रवेश निशुल्क गरिएको पनि आयोजकले जनाएका छन् ।
थप जानकारी
कार्यक्रम हुने मिती -२०१४-०६-२८
समय -बेलुका ७ बजे देखि (शनिवार)
स्थान-स्थान :नमस्ते रेष्टुरेण्ट ,दोंदुचन जिहेङ् (१ नम्बर लाईनको जिहेङ् स्टेशनको ठिक अगाडी,नेपाली गुम्बा नागार्जुन गुम्बा नजिकै )
सम्पर्क -
गौरी बोगटी -010-3554-1946
बिकास मोक्तान -010-6492-5915
रमेश संग्रौला -010-868-74790
रोहित गुरूङ -010-646-87190

0 comments

Write Down Your Responses

-->