भानुमय बनोस् कोरिया
कमल प्रसाद अर्याल ,दक्षिण कोरिया
भानुभक्तको दुईसयौ जन्मजयन्ती दक्षिण कोरियमा भव्यतासाथ सम्पन्न हुदैछ l हाम्रा राष्ट्रिय विभूति आदिकवि भानुभक्तको योगदान महत्व र मूल्यको ब्याख्या के गर्नु कति नै गर्नु ,जति गरे पनि पुग्दैन हरेक कालखण्डमा अनेक विद्वानहरूले खुलेर ब्याख्या गरेकै छन् l भानुभक्तीय रामायण उपजीब्य महाकाव्यको रुपमा स्थापित भयो l बधुशिक्षा ,भक्तमाला र तात्कालीन समसामयिक घटना र विषयवस्तुमा आधारित असंख्य कविता कृतिले उनी आदिकविका रूपमा स्थापित छन् र उनलाई मोतीराम भट्टले खोजे, प्रकाशमा ल्याएर ठुलो गुन लगाए एक खोल्सा पारीको भाषा अर्को खोल्साकोले नबुझ्ने यो कालखण्डमा भाषिक एकरुपता रामायणले ल्यायो l आज यस ललीत महाकाव्यका नायक रामको आदर्शले कोही भगवान ठान्छन त कोही महापुरुष आदर्श प्रेम र आदर्श जीवनीबाट यस महाकाव्यका नायक जसरी स्थापित भए त्यो भन्दा कैयो गुणा काब्य स्थापित भएको छ l भाषिक एकीकरणका महानायक भानुभक्तका सिलोकहरू निरक्षर व्यक्तिका जनजिब्रोमा पनि जीवित भएकाले उपजीब्य भनिएको हो l हाम्रा हजुरआमाहरू पढ्न नजाने पनि सिलोक गएर थक्नुहुनथ्यो कसको सिलोक हजुरआमा? सिलोक हो सिलोक कसका हुन्छन्? कसले लेख्यो थाहा छैन तर गाउनु हुन्छ l श्रुति परम्परामा बाँचेको रामायण ,बधु शिक्षा र भक्तिमालाका सिलोकहरू घाँस काट्दा गोठालो जाँदा ,मेलापाल र दुना टपरी गाँस्दा होस् कि अँगेनाको डिलमा बसेर आगो ताप्दा होस् बूढा पाकाले निकलिहाल्छन् l पढेलेखेकाले पढेको सुनेका भरमा जानेका र छन्द ज्ञान बीना नै रचना पनि गर्न सक्ने यस्ता प्रतिभाका सर्जक भानु आकासे भानु भन्दा कम छैनन् l भानु जयन्ती विशेषगरी नेपालमा बस्नेले भन्दा प्रवासीहरूले भव्यतासाथ मनाउदै आएका छन् भारतका विविध प्रान्तमा भानुजयन्ती विशेष पर्व बन्छ संसारभर यसलाई साझा पर्वको रूपमा मनाउने परम्पराबीच दक्षिण कोरियामा पनि मनाइदै छ l
अन्तराष्टिय नेपाली साहित्य समाजकी सल्लाहकार मन्जु गुरुंगको संयोजकत्वमा समिति गठन गरिएको छ ,अर्का सल्लाहकार किम ह्यंग हो ,यस सस्थाका उपाध्यक्ष प्रमोद सारंग ,सचिव विदुर शर्मा लगायत नेपाली साहित्य समाजका अध्यक्ष प्रवीण राई लगाएत यस समितिमा रहेका छन् l दुई साहित्यिक सस्था लगायत अन्य सस्थाका प्रतिनिधिसमेतको यो समिति अझै लघु रहेको आभास भएको छ l यसलाई व्यापक र विस्तृत गर्नुपर्छ l म आफू कार्यव्यस्तताले गर्दा बस्न नसकेकोमा क्षमा चाहन्छु l नेपाल सरकारबाट एकलाख नेपाली बजेट बिनियोजन गरिएको यो कार्यक्रम सबैको साझा बन्नसक्नु पर्छ l सय वर्षमा मनाइने यो पर्वको एक ऐतिहासिक सस्मरण बन्न सक्नुपर्छ ठुलो हजारौ अटाउने सभाहल सबै नेपाली समुदायको समान सहभागिता र पर्याप्त प्रचारसहित नेपाली समुदायलाई सो दिन बिदाको व्यवस्था गरिनुपर्छ l आइतवारका दिन भानुजयन्ती परेकाले अतिरिक्त आम्दानीको लोभ नगरी छाती चौडा गरेर उपस्थित भइदिन आग्रह गर्न चाहन्छु l
नेपाल सरकारबाट कुनै चन्दा सहयोग नमाग्न निर्देशन गरिएको भए पनि यो बजेट कोठेबैठकका निम्ति मात्र पर्याप्त हो l कोठेबैठकको लक्षमा ऐतिहासिक भानुजयन्ती मनाए जस्तो मात्र नहोस् l हरेक सस्थाका प्रतिनिधिलाई पदेन सदस्य घोषणा गरी अन्य समितिहरूसमेत निर्माण गरियोस् l प्रचार प्रसार समिति, स्वागत समिति , व्यवस्थापन समिति, स्वयम् सेवक समिति र अन्य पूरक समिति निर्माण गरी यसपालीको यो पर्व हामी नेपालीहरूको साझा पर्व बन्न सकोस् असार२९ गते आइतवार अर्थात् जुलाई १३ तारिक मनाउन लागिएको भब्य कार्यक्रममा हामी सबैको ध्यान र चासो जानु आवस्यक छ साथै हालै गठन भएको मूल समारोह समितिले सम्पूर्ण समुदायलाई समेट्न आवस्यक पहल गरोस् l हामी साहित्यप्रेमी समुदायले यसलाई महान पर्व मानेका छौ l कविता प्रतियोगिता र बिबिध कार्यक्रम पनि भएकाले प्रतिस्पर्धी पनि बन्न सकिने आफ्ना रचना वाचन पनि गर्न सकिने कुरा बुझिएको छ l आफ्ना रचनासहित उपस्थित भई हामी कार्यक्रम सफल पारौ भन्ने आग्रहसाथ मूल समारोह सम्पादन समितिलाई कार्यक्रम भव्यताकासाथ सम्पन गर्न सुझाव दिएको छु l

0 comments
Write Down Your Responses