कोरियामा सुदूरपश्चिम समाजद्वारा धन्यबाद ब्यक्त
नमस्ते नेपाल कोरिया संवाददाता
४ मे, २०१४ का दिन व्यायाम गरौं, स्वस्थ रहौं, खेलकुदको विकास गरौं भन्ने मूल नाराका साथ कोरियामा आपतकालीन राहत कोष स्थापनार्थ सुदूरपश्चिम समाज, दक्षिण कोरियाद्वारा आयोजित प्रथम सेती- महाकाली खुल्ला भलिबल प्रतियोगितामा आफ्नो व्यस्त समयका वाबजूत हाम्रो कार्यक्रमको गरिमा बढाउन पाल्नु भएका प्रमुख अथिति नेपाली दूतावास दक्षिण कोरियाका उप-नियोग प्रमुख राजाराम बर्तौला ज्यू, विशेष अथिति श्रम सहचारी अनिल गुरुङ ज्यू, विशेष अथिति नेपाली सम्पर्क समिती दक्षिण कोरियाका अध्यक्ष लोचन राई ज्यू, अथिति नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष भक्त शेरचन ज्यू र अथितिद्वय सम्पूर्ण संघसंस्थाका अध्यक्षज्यूहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
यसै गरि प्रतियोगिता सु सम्पन्न गर्नका निमित्त भलिबल टीम दर्ता गराई खेलमा सहभागी संघसंस्थाका अध्यक्षज्यूहरु वा संयोजकज्यूहरु,लाईन म्यान मित्रहरु, स्कोररज्यूहरु सम्पूर्ण खेलाडी मित्रहरु, रेफ्रीज्यूहरु, भलिबल प्रतियोगिताको ब्यानर प्रायोजक ककनी करी,बेस्ट खेलाडी प्रायोजक सुरेन्द्र बमज्यू, सहयोगी न्यू लुम्बनी रेस्टुरेन्ट, नमस्ते रेस्टुरेन्ट नेपाली खाजाको बन्दोबस्त गर्न हुने पूजा रेस्टुरेन्ट,समाजलाई माया गरेर खेलको हौसला बढाउन पाल्नु भएका सम्पूर्ण दर्शक महानुभावहरु लगायत रात र दिन खटीएर खेलको व्यवस्थापन गर्न महत्वपूर्ण सहयोग गर्न हुने सुदूरपश्चिम बासी दाजुभाइ तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण नेपाली जन समुदायमा हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्दछौं । प्रथम सेती- महाकाली खुल्ला भलिबल प्रतियोगितामा १५ टीममध्ये प्रथम स्थान प्राप्त गर्न सफल बागलुङ सम्पर्क समति, द्वितीय स्थान प्राप्त गर्न सफल तनहुँ प्रवासी समाज, तृतीय स्थान प्राप्त गर्न सफल कास्की परिवारलाई बधाई ज्ञापन गर्दै सहभागी सबै टीमलाई फेरि पनि धन्यवाद व्यक्त गर्दछौं । कोरियामा परोपकारी कार्यमा सक्रिय सुदूरपश्चिम समाजले मे, ४ भलिबल कार्यक्रममा परोपकारी उद्देश्यले खोल्ने भनिएको चिठ्ठा कार्यक्रम प्राविधिककारणले खोल्न नसकेकोले यसबाट पर्न गएको असरका लागि सम्बन्धित सबै महानुभावहरुबाट समाज माफी चाहन्छ र अब कहिले र कुन स्थानमा चिट्ठा खोल्ने भन्ने कुराको जानकारीका लागि छिट्टै नै मिति र स्थानको जानकारी गराइने छ । चिट्ठाको अर्धकट्टी बुझाउन बांकी व्यक्ति वा संस्थाले यथाशीघ्र समाजलाई बुझाएर सहयोग गरि दिन हुन सुदूरपश्चिम समाज विनम्र अनुरोध गर्दछ ।

0 comments
Write Down Your Responses